मंगलबार, वैशाख १५, २०८३

रुसी सेनामा भर्ना भएका थप ७ नेपालीको मृत्यु

मेरोन्यूज २०८० चैत १ गते १८:०१

काठमाडौं । रुसी सेनामा भर्ना भएका थप ७ नेपाीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ ।

Advertisement
NiccNicc

बिहीबार एक प्रेस वक्तव्य जारी गर्दै मन्त्रालयले पछिल्लो पटक युक्रेनसँगको युद्धका क्रममा रुसी सेनामा भर्ती भएका ७ नेपाली युवाको मृत्यु भएको पुष्टि गरेको हो।

मन्त्रालयका अनुसार मृत्यु हुनेमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बाग्लुङका जीतबहादुर बिक।, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तान रहेका छन् ।

रुसी सेनामा भर्ना भएका नेपाली नागरिकलाई फिर्ता गराउन सरकारले उच्च प्राथमिकताका साथ कूटनीतिक प्रयास जारी राखेको मन्त्रालयले जनाएको छ।

साथै रुसी सेनामा ज्यान गुमाएका नेपालीका परिवारलाई रुसी सरकारबाट क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेको उपचार तथा त्यहाँ कार्यरत नेपालीलाई फिर्ता पठाउन रुसी सरकारलाई आग्रह गरेको छ।

प्रतिक्रिया