रौतहटमा गोली चल्यो, ३ भारतीय पक्राउ
मेरोन्यूज
२०८० चैत २ गते १४:००

रौतहट । रौतहटकाे पर्रेवा नगरपालिकामा गोली चलेको छ ।
बन्दुकधारीको एक समुहले शिव मनि ट्रान्सफरका सञ्चालक २५ वर्षिय नितेश साहलाई गोली प्रहार गरेको हो । प्रहरीका अनुसार गोली प्रहारबाट घाइते साहकाे अवस्था गम्भीर छ ।
घटनामा संलग्न तीन जनालाई सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ । मनि चेन्जरमा आक्रमण गरि रकम लुटेर मोटरसाइकलमा भाग्दै गरेको अवस्थामा सिमा नजिकैबाट प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको हाे ।
पक्राउ पर्ने तीनै जना भारतीय रहेका छन् । उनीहरुको साथबाट हतियार समेत बरामद भएको प्रहरीले जनाएकाे छ ।
सम्बन्धित

















ICC Men’s T20 World Cup – Nepal sets 134-run target for West Indies
बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुन्छ : ओली
सुन्तला बेचेर तनहुँका कृषकले भित्र्याए करोडौँ
१३२ केभी प्रसारणलाइनको परीक्षण सुरु
बागलुङमा स्कूल बस दुर्घटना : २३ विद्यार्थी घाइते, ३ को अवस्था गम्भीर
इटालीसँग नेपालको लज्जास्पद हार
इटालीलाई नेपालले दियाे १२४ रनकाे लक्ष्य
दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि
शुक्रबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
प्रतिक्रिया