बुधबार, पुष १६, २०८२

नोबेल मेडिकल कलेजकी स्टाफ नर्सको हत्या

मेरोन्यूज २०८० चैत २ गते १५:३८

मोरङ। मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत एकजना स्टाफ नर्सको हत्या भएको छ । सिरहा घर भएकी चन्द्रीका कुमारी दासको हत्या भएको प्रहरीले जनाएको छ । 

दासको कोठा अस्पताल नजिकै रहेको छ । सोही कोठाको बाथरुममा दासको शव फेला परेको हो । शवको प्रकृति हेर्दा हत्या भएको हुनसक्ने प्रहरीले जनाएकाे छ।

यस विषयमा थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया