बुधबार, वैशाख १६, २०८३

स्टाफनर्स हत्या प्रकरण : जिउभरी धारिलो हतियारको चोट

मेरोन्यूज २०८० चैत २ गते १८:४०

मोरङ। विराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्स चन्द्रिका कुमारी दासको शौचालयमा शव फेला परेको छ। 

Advertisement
NiccNicc

धारिलो हतियार प्रहार गरेर हत्या भएको र उनको शव शौचालयमा फालेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। दास डेरामा बसेको घरको कोठा भित्रको शौचालयमा शव भेटिएको प्रहरीले जनाएको छ। दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट रहेको दाहालले बताए।

सिराहाको फुल्काहकट्टी घर भएकी दास अस्पताल नजिक बुढाथोकी मार्गस्थित धीरेन्द्र गिरीको घरमा डेरा बस्दै आएकी थिइन्। घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालिएको मोरङ प्रहरीले जनाएको छ।

प्रतिक्रिया