२ भाले गैँडाको आन्तरिक स्थानान्तरण

चितवन । चितवन राष्ट्रिय निकुञ्जका दुई भाले गैंडाको आन्तरिक स्थानान्तरण गरिएको छ । पश्चिम क्षेत्रबाट शुक्रबार र आज गरी दुई गैँडा स्थानान्तरण गरिएको हो ।
निकुञ्जले नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को दिव्यपुरी पोष्ट नजिकबाट आज एक भाले गैँडालाई पूर्व ल्याएको हो । अन्दाजी १७ वर्षीय भाले गैँडालाई नियन्त्रणमा लिएर निकुञ्जको पूर्वमा रहेको कुचकुचे क्षेत्रको भित्री भागमा छाडिएको हो ।
दिव्य मध्यवर्ती सामुदायिक वनबाट नियन्त्रणमा लिइएको सो गैँडालाई राप्ती नदीपारीको भित्री क्षेत्रमा छाडिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । यो गैंडा निकुञ्जको भित्री क्षेत्रमा नै रहेको थियो । शुक्रबार नवलपुरको कावासोती क्षेत्रबाट एक गैँडा नियन्त्रणमा लिएर पूर्व ल्याइएको थियो ।
अन्दाजी २८ वर्ष हाराहारीको सो भाले गैँडालाई कसरादेखि पूर्वमा छाडिएको हो । यो गैँडाले बस्तीमा आएर दुःख दिने गरेको थियो । निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएपछि त्यहाँका केही गैँडा निकुञ्जकै पूर्वी क्षेत्रमा आन्तरिक रुपमा स्थानान्तरण गर्न लागिएको हो ।
निकुञ्जका हात्ती, हात्ती सारे, प्राविधिक जनशक्ति, कर्मचारी, सुरक्षार्थ खटिएको नेपाली सेना र अन्य कर्मचारी गरी ६० जनशक्ति गैँडा स्थानान्तरणमा परिचालन भएका छन् । निकुञ्जले अहिले छ गैँडालाई आन्तरिक स्थानान्तरण गर्ने तयारी गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गठन गरेको अध्ययन टोलीको प्रतिवेदनअनुसार गैँडा स्थानान्तरण गर्न लागिएको हो । स्थानान्तरण गर्दा आठ वर्षदेखि माथिका गैँडालाई गरिने छ ।
पछिल्लो गणनाअनुसार नेपालमा सात सय ५२ गैँडा रहेका छन् । त्यसमध्ये बर्दियामा ३८ र शुक्लाफाँटामा १७ गैँडा छन् । चितवन राष्ट्रिय निकुञ्जमा छ सय ९४ गैँडा छन् । पर्सा राष्ट्रिय निकुञ्जमा तीन गैँडा छन् । एकै ठाउँमा धेरै गैँडा हुँदा प्राकृतिक कारणले मर्ने क्रम बढ्ने गर्दछ । घाँसे मैदान र पानीका स्रोत व्यवस्थापन गरी गैँडा पूर्व स्थानान्तरण गर्न थालिएको हो ।
















कैलालीमा कुटपिट गर्दा श्रीमतीको मृत्यु
यही माघ तेस्रो सातादेखि एचपिभी खोप लगाइँदै
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
निर्वाचन आयोगको ‘कल सेन्टर’मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया