बुधबार, पुष १६, २०८२

महोत्तरीका तत्कालीन वन अधिकृतसहित २४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर

मेरोन्यूज २०८० चैत ४ गते १५:४८

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले महोत्तरीका तत्कालीन डिभिजनल वन अधिकृत हेमन्तप्रसाद साहसहित २४ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । 

आइतबार आयोगले  २४ जनाविरूद्ध ११  लाख ९६ हजार ६९५ रुपैंयाँबराबरको सरकारी सम्पत्ति हानी नोक्सानी पु¥याएको अभियोग लगाउँदै विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

उनीविरूद्ध  ११ लाख ९६ हजार ६९५ रुपैयाँ विगो माग दावी गरेको अख्तियारले आरोप पत्रमा उल्लेख गरेको छ ।
 

प्रतिक्रिया