सशस्त्र प्रहरीद्वारा अवैध बराबरको कपडा बरामद
मेरोन्यूज
२०८० चैत ४ गते १६:२३

गोदार (धनुषा)। धनुषामा सशस्त्र प्रहरीले रु सात लाख बराबरको अवैध लत्ताकपडा बरामद गरेको छ ।
शनिबार सशत्र प्रहरी बल ८ नं गणबाट खटिएको टोलीले धनुषाको विभिन्न स्थानबाट लत्ताकपडा र स्याउलगायतका सामग्री बरामद गरेको हो ।
भारतबाट भन्सार छली गरी लुकाइछिपाइ नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा गण तथा मातहतका निकायबाट खटिएको सशस्त्र प्रहरीका टोलीले उक्त सामग्री बरामद गरेको गणका प्रहरी उपरीक्षक सुदर्शन गिरीले जानकारी दिए।
प्रहरीले कपडासँगै ओसारपोसारमा प्रयोग भएको एउटा मोटरसाइकल समेत बरामद गरेको छ ।
बरामद गरिएको कपडा र मोटरसाइकललाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय जनकपुर पठाइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित

















आणविक पूर्वाधारमा अस्ट्रेलियाको २.८ अर्ब डलर प्रतिबद्धता
ICC Men’s T20 World Cup – Nepal sets 134-run target for West Indies
बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुन्छ : ओली
सुन्तला बेचेर तनहुँका कृषकले भित्र्याए करोडौँ
बागलुङमा स्कूल बस दुर्घटना : २३ विद्यार्थी घाइते, ३ को अवस्था गम्भीर
इटालीसँग नेपालको लज्जास्पद हार
दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि
इटालीलाई नेपालले दियाे १२४ रनकाे लक्ष्य
प्रधानसेनापतिसँग युवा आदानप्रदान कार्यक्रममा सहभागीको भेट
प्रतिक्रिया