पर्सामा महिलाहरूको अश्लील भिडियो बनाएको आरोपमा एक जना पक्राउ
मेरोन्यूज
२०८० चैत ४ गते १८:१७

वीरगन्ज। पर्साको छिपहरमाई गाउँपालिकामा अश्लिल भिडियो बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरको छ। पक्राउ पर्नेमा छिपहरमाई गाउँपालिका वडा नम्बर ५ निवासी सज्जाद अहमद रहेका छन्।
स्थानीयहरूले अहमदले गाउाँपलिका क्षेत्र भित्रका सयौको संख्यामा स्कुल पढ़ने बालिकादेखि गाउँका महिलाहरूको अश्लील भिडियो बनाएको भन्दै प्रहरीलाई जिम्मा लगाएका हन्।
प्रहरीले उनको साथबाट एक थान मोबाइल र २ थान पेनड्राइव बरामद गरेको छ। वैदेशिक रोजगारमा रहेका अहम्मद नेपाल फर्किएपछि यस्तो गतिविधिमा लागेको स्थानीयको आरोप छ।
दोषीलाई कानुन अनुसार कारबाही गर्नु पर्ने भन्दै स्थानीय युवाहरूले टायर बालेर प्रर्दशन गर्नुका साथै बजार बन्द गराएका छन्। स्थितिलाई नियन्त्रणमा लिनका लागि इप्रका पोखरीया, बिओपी भिस्वाकाे परिचालन गरिएकाे छ।
सम्बन्धित













घट्यो पेट्रोलियम पदार्थको मूल्य
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धिः नेपाल पत्रकार महासङ्घ
नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई दिँदैछ बिदाइ
सरकारलाई सुशासनको जग बसाल्ने र निर्वाचन गर्ने कार्यादेश छ : प्रधानमन्त्री कार्की
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
कुलमान घिसिङ रास्वपाको उपसभापति, रास्वपाको महामन्त्री उज्यालोबाटै बनाइने
प्रतिक्रिया