युक्रेनले सार्वजनिक गर्यो पाँच जना नेपाली युद्धबन्दी

काठमाडौं । युक्रेनले रसियासँगको युद्धका क्रममा बन्दी बनाइएका ५ जना नेपालीसहित ८ जनाई विदेशी सैनिकलाई सार्वजनिक गरेको छ।
अन्तर्राष्ट्रिय समाचार संस्थाहरूका अनुसार यक्रेनी सेनाले गत शुक्रबार ५ नेपाली, तीन क्युबाली तथा एक/एकजना सोमालिया र सियरलियोनाका नागरिक सार्वजनिक गरेको हो । उनीहरूलाई सार्वजनिक गर्दै युक्रेनी सेनाले रूसी सेनामा भर्ती हुनबाट आफ्ना नागरिकहरूलाई रोक्न आग्रह गरेको छ।
यो युद्धमा तेस्रो देशका नागरिक सामेल नहुन् भन्ने उद्देश्यका साथ उनीहरूलाई सार्वजनिक गरेको युक्रेनी सरकारले जनाएको छ।
नेपालस्थित परराष्ट्र मन्त्रालयका अनुसार युक्रेनमा बन्दी बनाइएका रुसी सेनामा रहेका ६ नेपालीमध्ये नै ५ नेपाली सार्वजनिक गरिएको हो। ।
राजापुर नगरपालिका-१ बर्दियाका विवेक खत्री, मण्डनदेउपुर नगरपालिका-६ काभ्रेका सिद्धार्थ ढकाल, लेटाङ-२ मोरङका विकास राई, दाङका प्रतिक पुन, खैरहनी चितवनका सुजन सुवेदी र गोरखाका ईश्वर लामिछानेलाई बन्दी बनाइएको छ।
















नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
नेपाललाई युएईले दियो १२९ रनको लक्ष्य
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
प्रतिक्रिया