आइतबार, फागुन ३, २०८२

डिआईजी पोखरेलद्वारा जिल्ला प्रहरी कार्यालय पर्सा निरीक्षण

मेरोन्यूज २०८० चैत ४ गते २०:५३

बिरगंज। मधेश प्रदेश प्रमुख प्रहरी डिआईजी यज्ञबिनोद पोखरेलले जिल्ला प्रहरी कार्यालय पर्साको निरीक्षण गरेका छन्। 

Advertisement
nepal life insurencenepal life insurence

मधेश प्रदेश प्रमुखको रूपमा जिम्मेवारी सम्भाले पछि पहिलो पटक आइतबार डिआईजी पोखरेलले जिल्ला प्रहरी कार्यालय पर्सासँगै मातहतका प्रहरी कार्यलय तथा इकाईहरू निरीक्षण गरेका हुन्।

प्रहरी कार्यालयहरुबाट हुनेगरेको सेवाप्रवाह तथा शान्ती सुरक्षाको अवस्था बारेमा जानकारी लिएका थिए। आपराधिक क्रियाकलाप नियन्त्रण, चोरी तस्करी देखि नागरिकको शान्ती सुरक्षामा कुनै  किसिमको सम्झौता नगर्न निर्देशन दिएका थिए। 

साथै प्रहरी अधिकारी लाई कसैको प्रभावमा नपरी पूर्ण ईमान्दारीसाथ आआफ्नो दायित्व जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी कुमोद ढुङ्गेलले डिआईजी पोखरेललाई पुष्पगुच्छा प्रदान गरी स्वागत गरेका थिए। एसपी ढुंगेलले पर्सा जिल्लाको ताजा अवस्था तथा सुरक्षा अवस्था बारे जानकारी गराएका थिए। 

जिल्ला प्रहरी परिसरमा रहेको कन्ट्रोल तथा मोनिटरीङ् रुमबाट वीरगञ्ज शहरमा भएका सिसिटीभि क्यामरामार्फत शहरको समेत निरीक्षण गरेका थिए।

प्रतिक्रिया