इन्फिनिक्स स्मार्ट ८ सिरिज नेपाली बजारमा

काठमाडौँ । इन्फिनिक्सले स्मार्ट ८ सिरिज अन्तर्गत तीन किसिमका स्मार्टफोनहरू नेपाली बजारमा ल्याएको छ । स्मार्ट ८, स्मार्ट ८ प्लस र स्मार्ट ८ प्रो स्मार्ट फोनहरू नेपाली बजारमा ल्याएको हो ।
इन्फिनिक्सको स्मार्ट ८ प्लस स्मार्टफोनमा पनि ५० मेगापिक्सलको डुअल क्यामेरा सेटअप रहेको छ भने ८ मेगापिक्सलको फ्रन्ट क्यामेरा रहेको छ । ६.५६ इन्च एचडी डिस्प्ले सहित आकर्षक तथा प्रिमियम डिजाइनमा आउने यो स्मार्टफोनमा उत्कृष्ट पर्फमेन्सका लागि शक्तिशाली ६००० एमएएच ब्याट्री क्षमता रहेको छ । यसले टाइप सी चार्जिंग सपोर्ट गर्नुका साथै स्मार्ट ८ प्लसमा फिङ्गरप्रिन्ट सुविधा पनि रहेको छ । स्मार्ट ८ प्लस ४जीबी र्याम र ६४ जीबी रोममा १३ हजार ९९९ रुपैयाँमा उपलब्ध छन् । यो स्मार्टफोन टिम्बर ब्ल्याक, ग्यालेक्सी ह्वाइट र साइनी गोल्ड रंगमा देशभरका रिटेल स्टोर र इकर्मश प्ल्याटफर्महरुमा उपलब्ध रहेका छन् ।
इन्फिनिक्सको स्मार्ट ८ प्रो स्मार्टफोनमा ५० मेगापिक्सलको डुअल क्यामेरा सेटअप रहेको छ भने ८ मेगापिक्सलको फ्रन्ट क्यामेरा रहेको छ । प्रिमियम डिजाइन सहित ६.५६ इन्च एचडी डिस्प्ले रहेको स्मार्ट ८ प्रो मा मिडिया टेक हेलियो जी३६ चिपसेट राखिएको छ । उत्कृष्ट पर्फमेन्शका लागि यो फोनमा शक्तिशाली ५००० एमएएच ब्याट्री क्षमता छ भने यसले टाइप सी चार्जिंग सपोर्ट गर्दछ र फिङ्गरप्रिन्ट सुविधा पनि रहेको छ ।
स्मार्ट ८ प्रो ४जीबी र्याम र ६४ जीबी रोम तथा ४ जीबी र्याम र १२८ जीबी रोमको मूल्य क्रमशः १२ हजार ९९९ र १३ हजार ४९९ रुपैयाँमा उपलब्ध छन् । यो स्मार्टफोन रेनबो ब्लू, ग्यालेक्सी ह्वाइट र टिम्बर ब्ल्याक रंगमा देशभरका रिटेल स्टोर र इकर्मश प्ल्याटफर्महरुमा उपलब्ध रहेका छन् ।
इन्फिनिक्सको नयाँ मोडल स्मार्ट ८ मा ६.५६ इन्च एचडी डिस्प्लेको साथमा १३एमपी रियर क्यामेरा र ८एमपी फ्रन्ट क्यामेरा रहेको छ । पर्फमेन्सका लागि शक्तिशाली ६००० एमएएच ब्याट्री रहेको यो स्मार्टफोनले टाइप सी चार्जिंग सपोर्ट गर्दछ । स्मार्ट ८ मा स्टोरेजका लागि ३जीबी र्याम र ६४ जीबी रोम तथा ४ जीबी र्याम र १२८ जीबी रोमको मूल्य क्रमशः ११ हजार ४९९ र १२ हजार ९९९ रुपैयाँमा उपलब्ध छन् । यो स्मार्टफोन आकर्षक रंग –टिम्बर ब्ल्याक, क्रिस्टल ग्रिन र साइनी गोलमा देशभर उपलब्ध रहेको छ ।












आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
खासा क्षेत्रको वनमा भीषण डढेलो लागेपछि तातोपानी नाका बन्द
६५ ले दिए समानुपातिक उम्मेदवारी फिर्ताको निवेदन
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने
यस्तो छ एमाले केन्द्रीय कमिटी बैठकमा ओलीले गरेको सातबुँदे सम्बोधन (पूर्ण पाठ)
प्रतिक्रिया