परराष्ट्रमन्त्री र एनआरएनएको प्रतिनिधि मण्डलबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र गैरआवसीय नेपाली संघ (एनआरएनए)को प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ ।
संघका अध्यक्ष विनोद कुँवरको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले मन्त्रीसँग भेटेको हो ।
भेटमा एनआरएनएको टोलीले संघमा देखिएको विवाद समाधानका उपाय, विचारधिन अवस्थामा रहेको मुद्दा, बार्षिक साधारणसभा, नागरिकता, लगानीमैत्री वातावरणलगायतका विषयमा सुझाव दिएको भेटवार्तामा सहभागी संघकी सचिव जुनु गुरुङले जानकारी दिइन् ।
अध्यक्ष कुँवरले आफूहरु नेपालीमा लगानी गरेर रोजगारी सिर्जना गर्न तयार रहेको बताउँदै त्यसको लागि लगानीमैत्री वातावरण बनाउन सरकारसँग आग्रह गरेका थिए ।
भेटवार्ताको क्रममा परराष्ट्रमन्त्री श्रेष्ठले संघ विभाजित हुनु दुःखद् भएको भन्दै तीनवटै पक्षलाई मिल्न सुझाव दिँदै त्यसको लागि आफूले खेल्नुपर्ने भूमिका खेल्ने प्रतिवद्धता जाहेर गरे । “तपाईँहरु मिल्नुस्, अब त लाज नै भइसक्यो । तपाईँहरुलाई मिल्नको लागि वातावरण बनाउन के गर्नुपर्छ म तयार छु” श्रेष्ठले भने ।
















कैलालीमा कुटपिट गर्दा श्रीमतीको मृत्यु
यही माघ तेस्रो सातादेखि एचपिभी खोप लगाइँदै
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
निर्वाचन आयोगको ‘कल सेन्टर’मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया