विनोद चौधरीमाथि सीआईबीले अघि बढायो अनुसन्धान
मेरोन्यूज
२०८० चैत ७ गते १८:१८

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले व्यवसायी तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीमाथि अनुसन्धान थालेको छ ।
बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा प्रकरणमा जोडिएका चौधरीमाथि सीआईबीले अनुसन्धान अघि बढाएको हो ।
व्यवसायी चौधरीमाथि अनुसन्धान प्रक्रिया अघि बढाएको सीआईबीले सभामुख देवराज घिमिरेलाई समेत जानकारी गराएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।
छालाजुत्ता कारखानाको जग्गा व्यक्तिको नाममा ल्याएको खुलेपछि यसअघि विनोदका भाइ अरुणलाई सीआईबीले पक्राउ गरेको थियो । पछि अदालतले उनलाई थुनाबाहिर नै राखेर अनुसन्धान गर्ने आदेश गरेपछि उनी थुनामुक्त भएका थिए ।
सम्बन्धित
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया