उमेरले छेकेन सीताको पढ्ने रहर

घोराही । घोराही उपमहानगरपालिका–१५ की सीता खनाल ४४ वर्षकी भइन्। कक्षा पाँच पढ्दापढ्दै उनको बिहे भएपछि पढ्ने रहर अधुरो थियो। त्यही अधुरो रहर पुरा गर्न उनी अहिले घोराही–१८ स्थित श्री माध्यमिक विद्यालय रझेनामा कक्षा ७ मा अध्ययनरत छिन्।
“मलाई पढ्न लेख्न आउँदैनथ्यो। अहिले छोराछोरी सरहका साथी र शिक्षकसँग पढिरहेको छु”, उनले भनिन्, “शिक्षक, साथी र परिवारको सहयोगले अगाडि बढ्न सजिलो भएको छ ।” स्कुल गएको सुरुआती दिनमा सीतालाई डर र लाज लागेको थियो। अहिले सजिलो भएको उनले अनुभव सुनाइन्।
सीताले जागीर खानका लागि पढेकी होइनन्। शिक्षा प्राप्त गर्दै पढ्ने रहर पूरा गरी जीवन सहज बनाउन पढ्न थालेको उनले बताइन् । उनी दुई वर्ष अघि कक्षा ६ मा भर्ना भएकी थिइन् । कक्षा ६ मा मेहनत गरेर राम्रो अङ्कसहित उत्तीर्ण भएपछि थप उत्साहित भएको उनले बताइन् ।
“विवाहपछि पढ्ने कोसिस गरेँ तर घरायसी कामकाजले पढ्न पाइनँ । लामो समयपछि पढ्ने रहर जाग्यो । अहिले निरन्तरता दिँदैछु”, उनले भनिन्, “मेरा दुई छोरा र श्रीमानबाट साथ सहयोग पाएकोले पढ्न सजिलो भएको छ ।”
पहिले छोरी, बुहारीले पढ्न हुँदैन भन्ने मान्यता थियो । अहिले कतिपयले बुढेसकालमा पढेको देख्दा कुरा काट्ने गर्छन् । घरको कामकाजसँगै विद्यालय नियमित जान पाएकोमा उनी खुसी छिन् । पढ्ने इच्छाशक्तिलाई उमेरले छेक्दैन भन्ने खनालको भनाइ छ।
सहपाठीले ‘आन्टी’ भनेर सम्बोधन गर्दा खुसी लाग्ने उनले बताइन्। ढिलै भए पनि औपचारिक शिक्षा हासिल गर्न पाउँदा नयाँ अनुभव भएको उनले बताइन् । सीतामा पढाएको कुरा बुझ्ने, सिक्ने क्षमता भएको विद्यालयकी शिक्षिका सुनिता शर्माले बताइन् ।
सीता खनालले देखाएको अनुशासन र लगनशीलताका कारण कक्षाकोठा प्रभावकारी हुने गरेको शिक्षिका शर्माको भनाइ छ । पढाइलाई निरन्तरता दिइ कक्षा १२ उत्तीर्ण गर्ने योजना रहेको उनले सुनाइन्।
















बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
दीपेन्द्रको शतकमा नेपालले यूएईलाई दियाे २९० रनको लक्ष्य
परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
चितवन अटो शो मा फोटोन नेपालको विशेष कमर्शियल मोबिलिटी अफर
सन नेपाल लाइफको सहकार्यमा छैटौँ इन्डोर कर्पोरेट क्रिकेट प्रतियोगिता आयोजना हुँदै
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
प्रतिक्रिया