लागूऔषध ब्राउन सुगरसहित एक पक्राउ
मेरोन्यूज
२०८० चैत ९ गते १९:४५

बर्दिया । प्रहरीले लागूऔषध जस्तो देखिने खैरो धुलो पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।
उक्त पदार्थ सहित गुलरिया नगरपालिका–१ का करिब २१ वर्षिय गगन बहादुर कँडेललाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
बिहीबार राति मधुवन नगरपालिका-९ गाउँ नम्बर १२ का बिमला वलीको घरबाट रेडमी मोबाइल एक थानसहित ४ हजार नगद चोरी भएको जानकारी पाउना साथ प्रहरीले खोज तलास गर्दा कँडेलको घरबाट चोरी भएको मोबाइल, ५सय५० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ लगायत भारतीय सिम कार्डसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एंव डिएसपी तुल्सीराम अर्यालले जनाए।
पक्राउ गरिएका कँडेलमाथि आवश्यक कारवाही भइरहेको उनले बताए।
सम्बन्धित














पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
प्रतिक्रिया