मैत्रीपूर्ण खेलमा ब्राजिल र जर्मनी विजयी

काठमाडौँ । मैत्रीपूर्ण फुटबल खेलमा ब्राजिल र जर्मनी विजयी भएका छन् । गएराती सम्पन्न खेलमा ब्राजिलले इङल्याण्डलाई र जर्मनीले फ्रान्सलाई पराजित गरेको हो ।
ब्राजिलले इङल्याण्डलाई १-० गोल अन्तरले पराजित गरेको थियो । ब्राजिलले युवा खेलाडी एनड्रीकको गोलमा जित हासिल गरेको हो ।
१७ बर्षिय एनड्रीकले खेलको ८०औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । एनड्रीकले ब्राजिलका लागि तेस्रो खेलमा पहिलो गोल गरेका थिए ।
उनलाई ब्राजिलको नयाँ सुपरस्टार खेलाडीको रुपमा हेरिएको छ । व्यावसायिक रुपमा उनले स्पेनिस क्लब रियल म्याड्रिडसँग सम्झौता गरिसकेका छन् र उनी आगामी जुलाईदेखि रियल म्याड्रिडमा आवद्ध हुने छन् ।
हाल अन्तर्राष्ट्रिय ब्रेक अन्तर्गत अब ब्राजिलले मार्च २७ मा स्पेनसँग खेल्ने तालिका रहेको छ । त्यस्तै इङल्याण्डले भने अर्को खेल मार्च २७ मै बेल्जियमसँग खेल्ने तालिका रहेको छ ।
त्यसैगरी गएराती सम्पन्न खेलमा जर्मनीले फ्रान्सलाई २-० गोल अन्तरले पराजित गरेको हो । जर्मनीको जितमा फ्लोरियन विर्त्ज र काइ हाभेर्टले एक एक गोल गरेका थिए ।
हाल अन्तर्राष्ट्रिय ब्रेक अन्तर्गत अब जर्मनीले अर्को खेल नेदरल्याण्डससँग मार्च २७ मा खेल्ने छ भने फ्रान्सले मार्च २७ मै चिलीसँग खेल्ने तालिका रहेको छ ।
















राष्ट्रियसभमा : ‘विगतमा भएका परिवर्तन र प्रयासको मूल्याङ्कन हुनुपर्छ’
संसदमा खुश्बु ओलीको प्रश्न : सरकारले कुन आधारमा विदेशी ऋण स्वीकार गर्यो ?
मातृभूमिमा लगानीका लागि अभिप्रेरित गर्न गैरआवीय नेपालीलाई राष्ट्रपतिको आह्वान
प्रतिनिधिसभा बैठक जारी
युद्धको घेरामा मध्यपूर्व, विश्व चिन्तामा
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
नेपाली क्लाइम्बिङ टोली चीन जाने
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
प्रतिक्रिया