मंगलबार, वैशाख १५, २०८३

सुनकोसीमा पौडी खेल्न गएका ३ बालबालिका बेपत्ता

मेरोन्यूज २०८० चैत ११ गते १८:३२
फाइल तस्बिर

काठमाडाैँ । होली मनाएर सुनकोसी नदीमा पौडी खेल्न गएका उदयपुरका तीनजना बालबालिका आइतबार बेपत्ता भएका छन्।

Advertisement
NiccNicc

उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १४ साउनेका तीनजना बालबालिका सुनकोसी नदीमा बेपत्ता भएका हुन्।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक रमेश थापाका अनुसार साउनेका ८ वर्षीय चोलकचन्द्र मगर, ७ वर्षीय रिदम मगर र ११ वर्षीया रेखा मगर बेपत्ता भएका हुन्।

होली मनाएर साउनेको धाप्लाङघाटस्थित पौडी खेल्न गएका उनीहरू डुबेर बेपत्ता भएको प्रहरी उपरीक्षक थापा बताए।

उनीहरूसँगै पौडी खेल्न गएका अन्य ४ बालबालिकालाई स्थानीयले सुनकोसीबाट उद्धार गरेको प्रहरीले जनाएको छ।

बेपत्ता भएका बालबालिकाहरूको खोजी भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया