लोकसेवा आयोगमा पदाधिकारी बन्न दौड सुरु

काठमाडौं। लोकसेवा आयोगको रिक्त रहेको अध्यक्ष तथा ६ सदस्यीय पदमा नियुक्तिका लागि बहालवाला र पूर्वप्रशासकहरूको दौडधूप सुरु भएको छ ।
मङ्गलबार छ बर्षे पदावधि सकिएपछि अध्यक्ष उमेशप्रसाद मैनालीसँगै आयोगका चारजना सदस्यको विदाइ भएको थियो ।
त्यसअघि नै आयोगका दुईजना सदस्य भने उमेर हदका कारण अवकाशमा गएका थिए ।
यसरी रिक्त रहेको पदहरूमा बहालवाला र पूर्वप्रशासकहरूको दौडधूप सुरु भएको हो ।
बहालवाला अर्थसचिव शिषिर ढुंगाना, रक्षा सचिव रेश्मीराज पाण्डे देखि पूर्वसचिव पूर्णचन्द्र भट्टराई, केदारवहादुर अधिकारी, चन्द्र घिमिरे, राजन खनाल, नहिन्द्रप्रसाद उपाध्याय लगायतले आयोगको पदाधिकारीका लागि प्रधानमन्त्री, आफू निकट नेता र मन्त्रीहरूसँग ‘लबिङ’ सुरु गरेको कर्मचारी वृत्तमा चर्चा छ ।
अर्थसचिव ढुंगाना र पूर्व अर्थसचिव खनाल वीच आयोगको अध्यक्ष वन्न तिव्र प्रतिस्पर्धा देखिएको छ ।
संवैधानिक निकायका आयोगको अध्यक्ष सहित पदाधिकारीको पदावधि छ वर्ष हुन्छ । त्यहीभएर बहालवाला नै भए पनि सचिवहरूले यो पदलाई आकर्षक पदका रूपमा लिने गरेका छन् ।
















अब बिचौलियालाइ यातायात व्यवस्था कार्यालयमा प्रवेश निषेध
आज पनि बढ्यो सुनचाँदीको मूल्य
वैशाख २ गतेदेखि जुम्लामा आर्थिक गणना
यस्तो छ आज फलफूल तथा तरकारीकाे मूल्य
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
प्रतिक्रिया