अन्तरलिङ्गीबारे जनचेतना बढाउन आग्रह

काठमाडौँ । समाजमा अन्तरलिङ्गीबारे फरक बुझाइ भएकाले एकीकृत र स्पष्ट जानकारी दिने पुस्तक, चलचित्र, वृत्तचित्रलगायत सामग्रीको विस्तारमा जोड दिइएको छ ।
जनचेतनाको कमीका कारण अन्तरलिङ्गी विविधता भएका व्यक्तिबारे अभिभावक, परिवार र समाज अलमलमा रहेकाले मानवअधिकारको सम्मानमा ठेस लागेको उनीहरुको भनाइ छ ।
अन्तरलिङ्गीको अधिकारका क्षेत्रमा कार्यरत संस्था ‘क्याम्पियन फर चेञ्ज’का कार्यकारी निर्देशक इशान रेग्मीले महिला र पुरुषको मात्र जन्म हुन्छ भन्ने मान्यता राख्ने समाजले लिङ्ग बदल्ने प्रवृत्तिका कारण आफ्नो उनीहरुको पहिचान र सम्मानमा प्रभाव परिरहेको बताए ।
आज सञ्चारकर्मीसँगको एक छलफल कार्यक्रममा कार्यकारी निर्देशक रेग्मीले २१ वर्षको उमेरमा मात्र आफू अन्तरलिङ्गी भएको थाहा भएको बताए। अन्तरलिङ्गीबारे जानकारी दिने पुस्तक, चलचित्र, वृत्तचित्रलगायतको सामग्रीको अभाव रहेको जनाउँदै पछिल्लो यौनिक तथा अल्पसङ्ख्यक भनेर चिनिए पनि अन्तरलिङ्गीभित्रको विविधतालाई समाजले नचिनेको उनको भनाइ छ ।
अधिवक्ता प्रपुशा केसीले बालबालिकासम्बन्धी ऐन, नियमावली, अपराध संहिता, कार्यस्थलमा हुने यौन दुव्र्यवहारसम्बन्धी कानुन, सम्पत्ति, जन्मदर्ता र नागरिकतालगायत सबै किसिमका कानुनमा अन्तरलिङ्गीबारे उल्लेख नगरिनु एक समस्या भएको धारणा राखे ।
उनले भने, “जन्मिएको ३४ दिनभित्र जन्मदर्ता गर्नुपर्ने कानुनी प्रावधान छ तर महिला पुरुषबाहेकका यौनिक पहिचान लिएर जन्मिएका व्यक्तिले वयस्क हुँदामात्र आफू कुन पहिचान लिएर बाँच्ने भन्ने निर्णय लिनसक्ने हुन्छ ।” अन्तरलिङ्गीले वयस्क भएपछि जन्मदर्ता, शैक्षिक प्रमाणपत्र र नागरिकतासमेत सच्याउनेलगायत बोझिलो प्रक्रियाबाट अन्तरलिङ्गी गुज्रनु परेको बताए ।
















प्रधान सेनापति खुला म्याराथन सम्पन्न
वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन
प्रतिनिधिसभा निर्वाचन : मकवानपुर १ मा पुराना अनुभवी र नयाँ पुस्ताका उम्मेदवारबीच रोचक प्रतिस्पर्धा
आजका लागि तरकारि तथा फलफुलकाे मूल्य
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
प्रतिक्रिया