पशुसेवा विज्ञ केन्द्रका तत्कालीन कार्यालय प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन निमित्त कार्यालय प्रमुख डा. सुनिल कुमार यादव, वडा अध्यक्षसमेत ६ जनाविरुद्ध मुद्धा दायर गरेको छ ।
कृषि सेड निर्माणको क्रममा काम भएको भन्दा बढी मुल्यांकन गराई भुक्तानी गरेको भन्दै अख्तियारले सोमबार विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको हाे । अख्तियारले ९ लाख ७७ हजार १६ रुपैयाँ बढी भुक्तानी दिएको जनाएको छ ।
अख्तियारले भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन योजना शाखा प्रमुख सुरेन्द्र महतो कोइरी, सर्लाहीको चक्रघट्टा गाउँपालिका-९ का तत्कालिन वडा अध्यक्ष राम ईश्वर ठाकुर लोहार, आम्रपाली बहुमुखी सहकारी संस्था लिमिटेडका अध्यक्ष मृगेन्द्र प्रसाद यादव, उपाध्यक्ष जय नारायण राय र व्यवस्थापक जय नन्दन राय यादव विरुद्ध मुद्दा दायर गर्दै जनही ९ लाख ७७ हजार १६ बराबरक्लो बिगो कायम गर्दै सोहि अनुसार सजाय गरी बिगोसमेत जफत हुन मागदाबी गर्दै सोमबार बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।













सन् २०२५ इतिहासकै तातो वर्ष
ग्यासको बुलेट उठाउन नसक्दा अझै खुलेन पूर्व–पश्चिम महेन्द्र राजमार्ग
सन् २०२५ : अनिश्चितताले घेरेको विश्व अर्थतन्त्र
६५ लाख चाेरेर काठमाडौँबाट भागेका युवक दाङमा पक्राउ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
फेरि संवादमा जुटे बालेन र कुलमान
निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली सूची प्रकाशित
प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
प्रतिक्रिया