संयोजक नभेटिएपछि राष्ट्र बैंकले पुनः खुलायो आवेदन

काठमाडौं । समस्याग्रस्त सेयर मार्केट एण्ड फाइनान्स कम्पनी सञ्चालनका लागि संयोजक नभेटिएपछि चैत १३ गतेसम्मका लागि राष्ट्र बैंकले पुनः आवेदन खुला गरेको छ।
उक्त संयोजक पदका लागि व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, तथ्यांकशास्त्र, लेखा, गणित, व्यापार, प्रशासन वा कानुनमा स्नातोकत्तर उपाधि हासिल गरेको हुनुपर्छ। साथै, बैंकिङ क्षेत्रमा न्यूनतम १० वर्ष अनुभव प्राप्त बैंकिङ विज्ञ रहेको व्यक्तिहरुले व्यवस्थापन संयोजक पदमा आवेदन दिन सक्ने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले खुलाएको आवेदनमा उल्लेख अनुसार व्यवस्थापक संयोजकको सेवा अवधि १ वर्ष रहेको र कार्य अवधि समाप्त भएपछि पनि कार्यप्रगतिका आधारमा ६÷६ महिना गरी २ पटकका लागि म्याद थप सकिने छ। केन्द्रिय बैंकका अनुरास मासिक तलब कर बाहेक १ लाख २६ हजार ३ सय रुपैयाँ तोकिएको छ।
यसैगरी दसैं भत्ताबापत १ महिनाको पारिश्रमिक दिइने छ। ३५ पूरा भइ ६५ वर्ष ननाघेका व्यक्तिले सो पदका लागि आवेदन दिन सक्नेछन्।
फागुन १४ मा कम्पनी सञ्चालनका लागि दुई व्यक्ति सम्मिलित व्यवस्थापन समितिको आवेदन खुलाए पनि राष्ट्र बैंकले तोकेको योग्यताअनुसार संयोजक पदमा आवेदन नपरेपछि चैत ७ गते पुनः आवेदन आह्वान गरेको हो।
















स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी पदमुक्त
१९ जिल्लामा हुलाकको घरमै सेवा : राहदानी, लाइसेन्स, शैक्षिक प्रमाणपत्रलगायत कागजात ढुवानी
पाठ्यक्रम समयसापेक्ष पुनरावलोकनका लागि कार्यदल गठन
राष्ट्रपतिद्वारा संसद्का दुवै सदनको अधिवेशन आह्वान
चिकित्सक संघको अध्यक्षमा डा बद्री रिजाल
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
प्रतिक्रिया