संयोजक नभेटिएपछि राष्ट्र बैंकले पुनः खुलायो आवेदन

काठमाडौं । समस्याग्रस्त सेयर मार्केट एण्ड फाइनान्स कम्पनी सञ्चालनका लागि संयोजक नभेटिएपछि चैत १३ गतेसम्मका लागि राष्ट्र बैंकले पुनः आवेदन खुला गरेको छ।
उक्त संयोजक पदका लागि व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, तथ्यांकशास्त्र, लेखा, गणित, व्यापार, प्रशासन वा कानुनमा स्नातोकत्तर उपाधि हासिल गरेको हुनुपर्छ। साथै, बैंकिङ क्षेत्रमा न्यूनतम १० वर्ष अनुभव प्राप्त बैंकिङ विज्ञ रहेको व्यक्तिहरुले व्यवस्थापन संयोजक पदमा आवेदन दिन सक्ने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले खुलाएको आवेदनमा उल्लेख अनुसार व्यवस्थापक संयोजकको सेवा अवधि १ वर्ष रहेको र कार्य अवधि समाप्त भएपछि पनि कार्यप्रगतिका आधारमा ६÷६ महिना गरी २ पटकका लागि म्याद थप सकिने छ। केन्द्रिय बैंकका अनुरास मासिक तलब कर बाहेक १ लाख २६ हजार ३ सय रुपैयाँ तोकिएको छ।
यसैगरी दसैं भत्ताबापत १ महिनाको पारिश्रमिक दिइने छ। ३५ पूरा भइ ६५ वर्ष ननाघेका व्यक्तिले सो पदका लागि आवेदन दिन सक्नेछन्।
फागुन १४ मा कम्पनी सञ्चालनका लागि दुई व्यक्ति सम्मिलित व्यवस्थापन समितिको आवेदन खुलाए पनि राष्ट्र बैंकले तोकेको योग्यताअनुसार संयोजक पदमा आवेदन नपरेपछि चैत ७ गते पुनः आवेदन आह्वान गरेको हो।













काठमाडौँ विश्वविद्यालयमा आजदेखि ‘एआई–सम्मेलन’
जनमुक्ति मार्ग निर्माणले लियो गति
आज साेमबारकाे तरकारि र फलफुलकाे मूल्य
अल्पायुमै अस्ताए प्रशान्त…
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
प्रतिक्रिया