हुन्डाईले विद्युतीय सवारी साधन निर्माणमा थप ५० अर्ब डलरभन्दा बढी लगानी गर्ने

हुन्डाईले दक्षिण कोरियामा विद्युतीय कारको बजार प्रवद्र्धनका लागि सन् २०२६ सम्ममा ५० अर्ब डलरभन्दा बढी लगानी गर्ने योजना सार्वजनिक गरेको छ ।
कियासँगै हुन्डाई बिक्रीका आधारमा विश्वको तेस्रो ठूलो कार कम्पनी हो । तर इलोन मस्कको टेस्ला र चिनियाँ फर्म बीवाईडीपछि दक्षिण कोरियाली विशाल कम्पनी हुन्डाई विद्युतीय सवारी साधन उत्पादन क्षेत्रमा पछि परेको छ ।
हुन्डाईले सन् २०३० सम्ममा विद्युतीय कारको उत्पादन ३६ लाख युनिटभन्दा बढी पु¥याउने लक्ष्य राखेको भन्दै विश्वव्यापी विद्युतीय कारको पहिलो तीन स्थानभित्र पर्ने प्रयास गरिरहेको छ ।
हुन्डाई मोटर ग्रुपले बुधबार घोषणा गरेको ५०।५ अर्ब अमेरिकी डलर लगानीको साथ ‘निरन्तर परिवर्तन र नवीनताको माध्यमबाट अनिश्चित व्यावसायिक वातावरणमा भविष्यको वृद्धिका आधारहरू सुरक्षित गर्न’ चाहेको बताएको छ ।
“भविष्यको गतिशील परियोजनाहरूसहित कम्पनीले सवारी उत्पादनमा कुल लगानीको ६३ प्रतिशत हिस्सा लगानी गर्न लागेको हो ।
यस योजना अन्तर्गत हुन्डाईले दक्षिण कोरियामा ८० हजार नयाँ रोजगारी सिर्जना गर्नुका साथै तीन वटा नयाँ विद्युतीय कार निर्माण कारखानाहरू स्थापना गर्नेछ । हुन्डाईले सन् २०३० सम्ममा दक्षिण कोरियामा वार्षिक विद्युतीय गाडी उत्पादन १५ लाख १० हजार युनिट पु¥याउने लक्ष्य लिएको छ ।
समूहको विद्युतीय सवारी साधन उत्पादन रणनीतिमा पूर्वाधार, सफ्टवेयर, ब्याट्री टेक्नोलोजी र स्वचालित ड्राइभिङमा लगानी पनि समावेश छ ।
हुण्डाईको किया मोडेलको कारले पछिल्लो एक दशकमा ‘एसयूभी’को बिक्रीमा १५० प्रतिशतभन्दा बढीको वृद्धि हासिल गरेको छ ।
एसयूभीले सेडानको तुलनामा करिब १२ प्रतिशत बढी कार्बन डाइअक्साइड उत्सर्जन गर्ने भन्दै हुन्डाईलाई एसयूभीको बिक्री घटाउन आग्रह गरेको छ ।
रिपोर्टका बारेमा सोधिएको प्रश्नमा हुण्डाईले कियाको ईभी–६ र इभी–९ सहित ‘पूर्ण विद्युतीय एसयूभी’ कारको बजार क्षेत्रलाई विस्तार गरिरहेको बताएको छ ।













HoR Election; 53 days to go: Social networking
Bus wreckage found in Trishuli; suspected to be the bus missing from Simaltal
कांग्रेस विशेष महाधिवेशन : एक हजार ३२७ सहभागीले गराए नाम दर्ता
पार्टी विभाजन नहोस् भन्नेमा सचेत छुः कोइराला
कांग्रेस विशेष महाधिवेशन सुरु
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
नेकपा परित्याग गर्दै नन्दकिशोर यादव जसपा नेपाल प्रवेश
प्रतिक्रिया