बुधबार, पुष १६, २०८२

अनेरास्ववियुकी स्थायी कमिटी सदस्य रक्षा बम पक्राउ

मेरोन्यूज २०८० चैत १४ गते १६:४०

काठमाडौं । नेकपा (एमाले) को विद्यार्थी संगठन अनेरास्ववियुकी स्थायी कमिटी सदस्य रक्षा बमलाई प्रहरीले पक्राउ गरेको छ ।

बमलाई प्रहरी वृत्त महाराजगञ्जको टोलीले बुधबार बालाजु क्षेत्रबाट पक्राउ गरेको हो । उनलाईआपराधिक लाभसम्बन्धी कसुरमा गए राति पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।

बमविरुद्ध एकमहिलाले उजुरी दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस विषयमा प्रहरी वृत्त महाराजगञ्जले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया