लागूऔषधसहित दुई युवक पक्राउ
मेरोन्यूज
२०८० चैत १४ गते २०:००

महोत्तरी। औरहीबाट प्रहरीले लागूऔषधसहित दुई युवकलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका-८ कुसुमका ३० वर्षीय सियाराम महतो र सोही वडाका २० वर्षीय सुबेश शर्मा रहेका छन्।
इलाका प्रहरी कार्यालय गौशालाका अनुसार उनीहरूलाई प्रहरीले औरही नगरपालिकास्थित विद्युत सवस्टेसनबाट नियन्त्रणमा लिएको हो। बर्दिबासतर्फ जाँदै गरेको लु५९प ६३३७ नम्बरको मोटरसाइकलमा लागूऔषध फेला परेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरिएको हो।
उनीहरूको साथबाट एक्सिप्लोन नामक लागूऔषध ९ बोतल र नाइटेभेट ट्याव्लेट १२ पिस, स्पासमो लेखिएको लागूऔषध ट्याव्लेट १३ पिस, बराबद भएको इलाका प्रहरी कार्यालयका गौशालाका प्रहरी निरीक्षक मनोज यादवले जानकारी दिए। लागूऔषधसहित पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित
















संसद् राेकेर सरकारले ल्यायो दुई वटा अध्यादेश
पहुँचका भरमा सवारी सुुविधा लिइरहेकाबाट फिर्ता गराइँदै
सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित
गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै घर भत्काइयो
जिफन्टद्वारा नौबुँदे घोषणापत्र सार्वजनिक
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
प्रतिक्रिया