आफ्नै उत्पादनले आत्मनिर्भर बन्न जुटे बर्दिवासका गृहणी

महोत्तरी । नगरपालिकाले गृहणीहरुलाई बाटेको धुप वनाउने तालिम प्रदान गरेपछि उनीहरु आयआर्जनसँगै आत्मनिर्भर वन्ने योजनामा जुटेका छन ।
महोत्तरीको बर्दिवास नगरपालिकावाट तालिमप्राप्त महिलाहरु समुह वनाएर स्वालम्बन वन्ने योजनामा जुटेका हुन । नगरमा नै पहिलो पटक वडा नं. १ वाट वुवारी वचत तथा ऋण समुहका गृहणीहरुले तालिम लिएका छन ।
विहान-वेलुकाको समय प्रयोग गरेर मात्र पनि नगर क्षेत्रको बजारलाई गृहणीहरुले उत्पादन गरेको धुपले आत्मनिर्भर वनाउन सकिने ऋण समूह की संचालक सान्ता काफ्लेले बताईन ।
‘नगरले आयातित धुपलाई रोक्ने हो भने नगरभरीका गृहणीहरुले उत्पादन गरेको धुप नै बजारमा काफि हुन्छ ।’ उन्ले भनिन । ‘यसो भयो भने घरमा नै चुलोचौका गर्ने महिलाहरुको गतिलो आम्दानीको स्रोत वन्न सक्छ ।’
धुपको तालिम लिएपछी समुहका महिलाहरु उत्साहित देखिएका छन । ऋण समूह की अध्यक्ष रिता अधिकारीले नगरले दिएको यो तालिम निक्कै फलदायी रहेको प्रतिक्रिया दिईन । उन्ले घरायसी काममा व्यस्त हुने महिलाहरुको विहान-वेलुकाको समयलाई नगरले उपयोग गर्नुपर्ने वताउदै आयातित सिन्के धुपलाई विस्थापन गरेर महिलाहरुले उत्पादन गरेको धुपलाई प्रयोग गर्नुपर्ने नीति वनाउन नगरसँग आग्रह गरेकी छन ।
सिन्के धुपको तुलनामा बाटेको धुप वास्नादार हुने र स्वास्थ्यका दृष्टिकोणले समेत फाईदा पुग्ने वताउदै नगरले गृहणीहरुलाई आयआर्जनसँग जोडनुपर्ने गृहणी समूहले जोड दिएका छन ।
यता नगरले पनि महिलाहरुको भावनालाई आत्मासाथ गर्दै महिला उधमी वनाउने योजना प्रत्येक वडासम्म लैजाने योजना वनाएको छ । पहिलो चरणमा वडा नं. १ वाट सुरु गरेको वताउदै नगरले प्रत्येक वडाका महिलाहरुलाई सिपसँग जोडने योजना वनाएको जनाएको छ ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
प्रतिक्रिया