नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न

काठमाडौँ । रक्षा मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा गत फाल्गुण ३० गतेबाट सैनिक कमाण्ड तथा स्टाफ कलेज, शिवपुरीमा २९ जना शिक्षार्थी सहभागी गराई सञ्चालन भएको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न भएको छ ।
तालिमको समारोहमा बोल्दै रक्षामन्त्री हरिप्रसाद उप्रेतीले सुरक्षा बहुआयामिक, अन्तर सम्बन्धित र बहुनिकायसँग सरोकार राख्ने विषय भएकोले सुदृढ राष्ट्रिय सुरक्षाको लागि राज्यका सम्बन्धित निकायहरूबीच सुरक्षासम्बन्धी साझा बुझाई र साझा धारणाको विकास गर्न निरन्तर संवाद, समन्वय र सहकार्य हुन आवश्यक रहेको बताए । उनले राष्ट्रिय सुरक्षाको लागि राष्ट्रिय शक्तिको मुख्य तत्त्वहरू अर्थतन्त्र, कूटनीति, सूचना र सञ्चार तथा सैन्य शक्तिलाई उचित नीति एवं साधन श्रोतले सम्पन्न गराउँदै समुचित रुपमा राष्ट्रिय हितमा प्रयोग गरी विद्यमान राष्ट्रिय सुरक्षा चुनौतीहरूको डटेर सामना गर्नुपर्ने बताए ।
सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाध्यक्ष उपरथी बाबुराम श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको समापन समारोहमा सहभागी शिक्षार्थीहरूलाई बधाई दिँदै प्रधानसेनापति प्रभुराम शर्माले भूमण्डलीकरण र सूचना प्रविधिको विकाससँगै आएको परिवर्तनले राष्ट्रिय सुरक्षाको दायरा थप फराकिलो बन्दै गएको र परम्परागत सुरक्षा खतराहरूको साथै, जलवायु परिवर्तन, महामारी, साइवर थ्रेट, आतंकवादका परिष्कृत प्रवृत्ति जस्ता नयाँ प्रकृतिका अपरम्परागत चुनौतीहरू समेत क्रमिक रूपमा थपिँदै गएको बताए ।
तालिमको क्रममा जलवायु परिवर्तनले राष्ट्रिय सुरक्षामा पार्न सक्ने प्रभावका बारेमा सम्बन्धित विषयका विज्ञहरू र सञ्चारकर्मीहरू सहित १०० जनाको सहभागितामा एक दिवसीय सेमिनार समेत संचालन भएको थियो ।
२०७२ सालबाट शुरु भएको यस तालिमबाट विभिन्न मन्त्रालय, संवैधानिक निकाय, विश्वविद्यालय, सरकारी तथा गैर सरकारी संस्थाहरु, सञ्चारजगत, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल एवं राष्ट्रिय अनुसन्धान विभागबाट हालसम्म २२२ जना प्रशिक्षित भई सकेका छन् ।
समारोहमा विभिन्न मन्त्रालयका सचिवहरु, बलाधिकृत रथी, नेपाल प्रहरी तथा शसस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, रथीवृन्द तथा अधिकृत, सरकारी निकायका पदाधिकारीहरु र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।













ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
कञ्चनपुरमा सवारी दुर्घटना न्यूनीकरणका लागि ‘ब्ल्याक स्पोट’ बोर्ड
शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा
PM extends greetings of Tamu Lhosar, Maipru Naku
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
प्रधानमन्त्री कार्कीसँग पूर्वप्रधानमन्त्रीहरु देउवा, ओली र प्रचण्डकाे बैठक जारी
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
प्रतिक्रिया