मंगलबार, पुष १५, २०८२

परपुरुषसँग लागेको भन्दै खुकुरी प्रहार गरी श्रीमतीको हत्या

मेरोन्यूज २०८० चैत २२ गते १२:४४

झापा । बाह्रदशी गाउँपालिका–१ का ३३ वर्षीय देवनारायण राजवंशीले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

चार दिनअघि मात्र वैदेशिक रोजागरीबाट फर्किएका उनले श्रीमती ३३ वर्षीया ममसरी राजवंशीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीले बताए ।

श्रीमतीलाई परपुरुषसँग लागेको आरोप लगाउँदै घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेको देखिएको उपरीक्षक केसीले जानकारी दिए । प्रहरीले देवनारायणलाई पक्राउ गरिसकेको छ ।

ममसरी दिव्यज्योति मावि राजगढमा शिक्षण पेसामा आबद्ध रहेकी थिइन् ।

प्रतिक्रिया