सुनको मूल्यले बनायो अर्को नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको भाउले आइतबार (चैत २५ गते) नयाँ रेकर्ड कायम गरेको छ । आइतबार सुनको भाउ प्रतितोला २९ सय रुपैयाँले बढेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल भाउ १ लाख ३५ हजार ६०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३४ हजार ९५० रुपैयाँ निर्धारण भएको छ । यसअघि चैत २२ गते सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको थिायो । सो दिन छापावाल सुन तोलाको १ लाख ३४ हजार रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ३३ हजार ३५० रुपैयाँ निर्धारण भएको थियो ।
यसअघि शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ३२ हजार ७०० रुपैयाँ किनबेच भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३२ हजार ५० रुपैयाँ निर्धारण भएको थियो ।
यता, आज चाँदीको भाउ पनि प्रतितोला ५५ रुपैयाँले बढेर १६ सय ७० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १६ सय १५ रुपैयाँमा स्थिर रहेको थियो ।















जनअपेक्षा अनुसार काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जम्मु कश्मीरमा हिम–पहिरो, ७ जनाको मृत्यु
ग्रीसको समुन्द्री तटमा फसेको डुङ्गामा ६ दिन पछि २२ जना आप्रवासीको मृत्यु
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
प्रतिक्रिया