एटिएम तोडफोड गरी चोरी गर्न खोज्ने पक्राउ
मेरोन्यूज
२०७७ चैत १२ गते १८:२२

ललितपुर । ललितपुर महानगरपालिका-१४ खुमलटार र विशालचोकस्थित दुई बैंककाे एटिएम फुटाइ नगद चाेरी गर्न खाेजेकाे अभियाेगमा प्रहरीले ललितपुर च्यासल बस्ने गोरखा सिरानचोक गाउँपालिका-५ घर भएका ३० वर्षीय भेषबहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ ।
थापाले गत फागुन २८ गते ललितपुर महानगरपालिका-१४ खुमलटारस्थित ग्लोबल आईएमई बैंकको एटिएम र यही चैत ९ गते विशालचोकस्थित सांग्रीला डेभलपमेन्ट बैंकको एटिएम फुटाई नगद चोरी गरेकाे प्रहरीले जनाएकाे छ ।
उनलाई ललितपुर महानगरपालिका-१४ ताल्छीखेलस्थित एक वर्कशपबाट घटनामा प्रयोग भएको बा ३५ प ६१५७ नम्बरको मोटरसाइकलसहित प्रहरीले पक्राउ गरेको हो । उनीमाथि चोरी उद्योगसम्बन्धी कसूरमा महानगरीय प्रहरी वृत्त सातदोबाटोले अनुसन्धान गरिरहेकाे महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
सम्बन्धित















विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
६ सहसचिवको सरुवा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
प्रतिक्रिया