डोल्पामा आगो निभाउने क्रममा घाइते भएका सेनाकाे हेलिकप्टरद्वारा उद्धार

डोल्पा । हिमाली जिल्ला डोल्पामा सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा नेपाली सेनाका चार जना घाइते भएका छन् ।
ठूलीभेरि नगरपालिका–४ मा पर्ने मष्टा भवानी सामुदायिक वनमा आइतबार दिउँसो सल्किएर निभाइ सकेको आगो आज पुनः लागेपछि निभाउने क्रममा देवीदत्त गण भदालेका चार सैनिक जवान घाइते भएका छन् । घाइते हुनेमा ३० वर्षीया प्युठ विजय कोइराला, ३८ वर्षीय जमदार केशरबहादुर मगर, २८ वर्षीय जवान हेमन्त रावत र २३ वर्षीय जवान आशिष बुढा रहेको संग्राम सार्दुल गुल्म सुलिगार्डका सेनानी अशोककुमार कार्कीले जानकारी दिए।
आइतबार निभाइसकेको आगो आज पुनःसुरु भएपछि सैनिक निभाउन गएका थिए । त्यसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको सेनानी कार्कीले बताए । पहिलो चरणमा घाइते दुई जनाको हेलिकप्टरबाट उद्धार गरेर नेपालगञ्ज लगिएको र बाँकी दुई जनाको उद्धारका लागि हेलिकप्टर आउन लागेका उनले बताए।
आगो निभाउने क्रममा वरिपरिबाट हावाको बेगसँगै आगो आएपछि खोल्सामा रहेका जवान पोलिएको सेनाले जनाएको छ । आइतबार देवीदत्त गुल्मका सैनिक जवानले आसपासको फोहर जलाउने क्रममा आगो नजिकैको वनमा सल्किएपछि आगलागी सुरु भएको थियो ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया