सुनको मूल्यमा लगातार तेस्रो दिन नयाँ रेकर्ड
मेरोन्यूज
२०८० चैत २७ गते ११:२४

काठमाडौं। नेपाली बजारमा सुनको भाउले लगातार तेस्रो दिन पनि नयाँ रेकर्ड कायम राख्न सफल भएको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले बढेर १ लाख ३६ हजार ३०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ६५० रुपैयाँ निर्धारण भएको छ ।
यसअघि सोमबार सुनको भाउ प्रतितोला १ लाख ३६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ३५ हजार ५५० रुपैयाँ निर्धारण भएको थियो ।
यता, आज चाँदीको भाउ भने स्थिर रहेको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १६ सय ८५ रुपैयाँ कायम रहेको छ । सोमबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो ।
सम्बन्धित















जनअपेक्षा अनुसार काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जम्मु कश्मीरमा हिम–पहिरो, ७ जनाको मृत्यु
ग्रीसको समुन्द्री तटमा फसेको डुङ्गामा ६ दिन पछि २२ जना आप्रवासीको मृत्यु
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
प्रतिक्रिया