२ बुँदे सहमतिसँगै मजदुरहरुको आन्दोलन स्थगित

वीरगञ्ज (पर्सा) । उद्योग व्यवस्थापनसँग दुई बुँदे लिखित सम्झौता भएपछि वीरगञ्जस्थित प्रोवायोटेक इण्डष्ट्रिज लिमिटेडका मजदुरले आन्दोलन स्थगित गरी काममा फर्केका छन् ।
विभिन्न कारण देखाइ उद्योग व्यवस्थापनले गत फागुनदेखि ११ जना मजदुरलाई कामबाट हटाएको भन्दै अखिल नेपाल ट्रेड युनियनको अगुवाईमा मजदुरहरु काम छाडेर आन्दोलनमा उत्रेका थिए ।
आन्दोलनरत मजदुर युनियनका पदाधिकारी तथा उद्योग व्यवस्थापनबीच कामबाट हटाइएका मजदुरलाई पुनःबहाली गर्ने र मजदुर आन्दोलनका कार्यक्रम फिर्ता लिई काममा फर्किने सहमति भएको छ । श्रमिकको तर्फबाट संयुक्त ट्रेड यूनियन समन्वय केन्द्रका अध्यक्ष योगेन्द्र कुँवर, अखिल नेपाल ट्रेड यूनियन महासङ्घ मधेस प्रदेश इन्चार्ज माधव पाण्डे र उद्योगीकोतर्फबाट प्रोवायोटेक इण्डष्ट्रिज लिमिटेडका प्रशासन प्रमुख ओमप्रकाश बैठाले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
प्रोवायोटेक इण्ड्रष्ट्रिज लिमिटेडले श्रम ऐन, ०७४ को दफा १३१ (४) को (च) बमोजिम खराब आचरण गरेको भनी छ श्रमिकलाई सेवाबाट हटाएको थियो भने अन्य कारण देखाएका पाँचजना थप श्रमिकलाई उद्योग प्रवेशमा रोक लगाएको थियो । निष्कासित गरिएका ११ श्रमिकको पुनःबहालीको माग गर्दै अखिल नेपाल ट्रेड यूनियन महासङ्घ निकट श्रमिकहरु आन्दोलनमा उत्रिएका थिए ।
















उपसभामुख रुवी ठाकुर अस्पताल भर्ना
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
खातामा प्यान र ईमेल ठेगाना अद्यावधिक गर्न एनआईसी बैंकको आग्रह
कमलादेवी पन्त कांग्रेस राष्ट्रियसभा संसदीय दलको नेतामा मनोनीत
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया