२ बुँदे सहमतिसँगै मजदुरहरुको आन्दोलन स्थगित

वीरगञ्ज (पर्सा) । उद्योग व्यवस्थापनसँग दुई बुँदे लिखित सम्झौता भएपछि वीरगञ्जस्थित प्रोवायोटेक इण्डष्ट्रिज लिमिटेडका मजदुरले आन्दोलन स्थगित गरी काममा फर्केका छन् ।
विभिन्न कारण देखाइ उद्योग व्यवस्थापनले गत फागुनदेखि ११ जना मजदुरलाई कामबाट हटाएको भन्दै अखिल नेपाल ट्रेड युनियनको अगुवाईमा मजदुरहरु काम छाडेर आन्दोलनमा उत्रेका थिए ।
आन्दोलनरत मजदुर युनियनका पदाधिकारी तथा उद्योग व्यवस्थापनबीच कामबाट हटाइएका मजदुरलाई पुनःबहाली गर्ने र मजदुर आन्दोलनका कार्यक्रम फिर्ता लिई काममा फर्किने सहमति भएको छ । श्रमिकको तर्फबाट संयुक्त ट्रेड यूनियन समन्वय केन्द्रका अध्यक्ष योगेन्द्र कुँवर, अखिल नेपाल ट्रेड यूनियन महासङ्घ मधेस प्रदेश इन्चार्ज माधव पाण्डे र उद्योगीकोतर्फबाट प्रोवायोटेक इण्डष्ट्रिज लिमिटेडका प्रशासन प्रमुख ओमप्रकाश बैठाले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
प्रोवायोटेक इण्ड्रष्ट्रिज लिमिटेडले श्रम ऐन, ०७४ को दफा १३१ (४) को (च) बमोजिम खराब आचरण गरेको भनी छ श्रमिकलाई सेवाबाट हटाएको थियो भने अन्य कारण देखाएका पाँचजना थप श्रमिकलाई उद्योग प्रवेशमा रोक लगाएको थियो । निष्कासित गरिएका ११ श्रमिकको पुनःबहालीको माग गर्दै अखिल नेपाल ट्रेड यूनियन महासङ्घ निकट श्रमिकहरु आन्दोलनमा उत्रिएका थिए ।















निर्वाचन ४० दिन : बाँकी समानुपातिकतर्फको ५० लाख मतपत्र छपाइ गर्न बाँकी
आज माघ १० गते शनिबार,कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
प्रतिक्रिया