नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि भएको छ । नेप्से परिसूचक नौ दशमलव १९ अङ्कले बढेर दुई हजार ३६ दशमलव ०१ को बिन्दुमा कायम हुँदा रु चार अर्बभन्दा बढीको कारोबार भएको छ ।
आज तीन सय १५ कम्पनीको ९७ लाख ८९ हजार चार सय १६ कित्ता शेयर ७२ हजार दुई सय ६१ पटक खरिदबिक्री हुँदा रु चार अर्ब १४ करोड ३७ लाख ८३ हजार नौ सय ८९ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आज होटल तथा पर्यटन समूह शून्य दशमलव ६८, उत्पादन तथा प्रशोधन समूह एक दशमलव ४६ र लघुवित्त समूह एक दशमलव १४ प्रतिशतले घटेका छन् भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै वित्त समूह दुई दशमलव ७९ र अन्य समूह दुई दशमलव ४२ प्रतिशतले बढेको छ ।
त्यसैगरी, बैंकिङ शून्य दशमलव ३२, विकास बैंक शून्य दशमलव ६७, जलविद्युत् शून्य दशमलव ७६, लगानी शून्य दशमलव ६९, जीवन बीमा शून्य दशमलव ४९, म्युचअल फन्ड शून्य दशमलव ५०, निर्जीवन बीमा एक र व्यापार समूह शून्य दशमलव ४० प्रतिशतले बढेको छ ।
जानकी फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने नेपाल फाइनान्स लिमिटेड र पोखरा फाइनान्स लिमिटेडको शेयर मूल्य समान नौ दशमलव ९९ प्रतिशतले बढेको छ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको रु १८ करोड आठ लाख १० हजार नौ सय २० बराबरको तीन लाख ६१ हजार कित्ता शेयर किनबेच भएको छ ।
















नागरिकको सुरक्षा हुनेगरी मनसुनको पूर्वतयारी गर्न गृहमन्त्री गुरुङको निर्देशन
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बुधबार
बेटिङ एप र वेबसाइट २४ घण्टाभित्र बन्द गर्न प्राधिकरणलाई मन्त्रालयको निर्देशन
उत्तर कोरिया : अमेरिकासम्म पुग्ने मिसाइल तयारी तीव्र
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
राखेपको निलम्बनमा परेपछि एन्फाको निर्वाचन स्थगित
नेपालको विकास यात्रामा नयाँ सरकारसँग सहकार्य गर्न चीन उत्सुक
प्रतिक्रिया