वनस्पतिको दिगो उपयोगमार्फत राष्ट्रिय अर्थतन्त्रमा सुधार गर्नुपर्छ : वनमन्त्री सुडी

काठमाडौँ। वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले वनस्पतिको दिगो उपयोग गर्दै राष्ट्रिय अर्थतन्त्रमा सुधार गर्नुपर्नेमा जोड दिएका छन् ।
वनस्पति विभागको ६४औँ वार्षिकोत्सव तथा २५औँ वनस्पति दिवसका अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री साहले वनस्पतिका माध्यमबाट मुलुकको अर्थतन्त्र सुधारमा जोड दिएका हुन् ।
‘स्थानीय समुन्नतिमा स्वस्थानीय वनस्पति’ नाराका साथ सम्पन्न विभागको वार्षिकोत्सवमा मन्त्री साहले वनस्पति राज्यको अर्थतन्त्र सुधारको मेरुदण्ड रहेको भन्दै अब वनस्पतिका माध्यमबाट राज्यको अर्थतन्त्र सुधार गरी रोजगारी वृद्धि गर्न आवश्यक रहेको बताए । “सीमित स्रोतसाधनका बीचमा पनि वनस्पतिको अनुसन्धानका गतिविधि अगाडि बढाइएको छ”, उनले भने, “अनुसन्धानको गतिविधिलाई अझै प्राथमिकता दिइ वनस्पतिको दिगो उपयोगमार्फत राज्यको अर्थतन्त्र सुधारमा योगदान बढाउनुपर्छ ।”
मन्त्रालयका सचिव डा दीपककुमार खरालले वनस्पतिबाट आर्थिक आयआर्जन बढाउनुपर्ने र रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिएका छन् । वनभित्रको जडीबुटीलाई औषधिका रुपमा प्रयोग बढाएर जडीबुटीका माध्यमबाट अर्थतन्त्र सुधारमा लाग्न आवश्यक रहेको उनको भनाइ थियो ।










जेनजी सुशासन योद्धा : भट्ट परिवारको सहारा, कान्छो ढल्यो…
एमाले महाधिवेशन : दुई जनाकाे उम्मेदवारी खारेज र १५ ले लिए फिर्ता
इजरायलमा ५१३ जना प्यालेस्टिनी पक्राउ
दोहोरो अंकले बढ्यो सेयर बजार
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
एनपीएल च्याम्पियन लुम्बिनी लायन्सलाई प्रधानमन्त्रीकाे बधाई
एनपिएलः रोहित बने ह्याट्रिक गर्ने दोस्रो बलर
प्रतिक्रिया