भक्तपुरमा बिस्केट जात्रा हेर्नेको घुइँचो

भक्तपुर । नयाँ वर्षको अवसरमा भक्तपुरमा आठ दिन नौ रातसम्म भव्य रूपमा मनाइने विश्व प्रसिद्ध बिस्काः जात्रा अर्थात् बिस्केट जात्रा हेर्न मानवसागर उर्लिएको छ । वैशाख १ गते ल्यासिंखेलमा उठाइने अष्टमात्रिका गणसहित लिंगो जात्रा हेर्न भक्तपुरलगायत उपत्यकाका विभिन्न ठाउँबाट हजारौँ मानिस आएका हुन् ।
बिहानैदेखि चुपिन घाटमा स्नान गरेर ल्यासिंखेलमा दर्शन गर्न आउनेको भीड लागेको छ । हिजो (चैत ३०) साँझ ७ बजेर ३० मिनेटमा हजारौँ व्यक्तिका अगाडि यहाँका बासिन्दाले ५५ हात लामो योसिङ द्यः अर्थात् लिंगो उठाएकामा शनिबार दिनभर जात्रा गरेर साँझ विधिपूर्वक पूजा गरी तान्त्रिक विधि पुर्याएर लिंगो ढालिने परम्परा छ ।
लिंगोको कोखा (टुप्पो)मा नाग र नागिनीको प्रतीकस्वरूप दुईवटा ध्वजा बाँधेर अष्टमात्रिकाका प्रतीक आठवटा डोरीले तानेर उक्त लिंगो उठाउने प्रचलन छ । आठवटा मोटा एवं लामो डोरी बाँधेर चारैतिरबाट गोलाकार रूपमा बसेर लिंगोलाई योसिंको प्वालमा छिराएर वरिपरिबाट डोरीको माध्यमले तानेर ठड्याइने गरिन्छ ।
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया