भक्तपुरमा बिस्केट जात्रा हेर्नेको घुइँचो

भक्तपुर । नयाँ वर्षको अवसरमा भक्तपुरमा आठ दिन नौ रातसम्म भव्य रूपमा मनाइने विश्व प्रसिद्ध बिस्काः जात्रा अर्थात् बिस्केट जात्रा हेर्न मानवसागर उर्लिएको छ । वैशाख १ गते ल्यासिंखेलमा उठाइने अष्टमात्रिका गणसहित लिंगो जात्रा हेर्न भक्तपुरलगायत उपत्यकाका विभिन्न ठाउँबाट हजारौँ मानिस आएका हुन् ।
बिहानैदेखि चुपिन घाटमा स्नान गरेर ल्यासिंखेलमा दर्शन गर्न आउनेको भीड लागेको छ । हिजो (चैत ३०) साँझ ७ बजेर ३० मिनेटमा हजारौँ व्यक्तिका अगाडि यहाँका बासिन्दाले ५५ हात लामो योसिङ द्यः अर्थात् लिंगो उठाएकामा शनिबार दिनभर जात्रा गरेर साँझ विधिपूर्वक पूजा गरी तान्त्रिक विधि पुर्याएर लिंगो ढालिने परम्परा छ ।
लिंगोको कोखा (टुप्पो)मा नाग र नागिनीको प्रतीकस्वरूप दुईवटा ध्वजा बाँधेर अष्टमात्रिकाका प्रतीक आठवटा डोरीले तानेर उक्त लिंगो उठाउने प्रचलन छ । आठवटा मोटा एवं लामो डोरी बाँधेर चारैतिरबाट गोलाकार रूपमा बसेर लिंगोलाई योसिंको प्वालमा छिराएर वरिपरिबाट डोरीको माध्यमले तानेर ठड्याइने गरिन्छ ।
















प्रतिनिधिसभा सदस्यका लागि तीन हजार ४०६ जना उम्मेदवार
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
राष्ट्र निर्माण एकल प्रयासबाट मात्रै सम्भव छैन : गृहमन्त्री
स्याङ्जामा चार जनाले लिए उम्मेदवारी फिर्ता
सिद्धार्थ बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटी ग्रुपमा १०% सम्मको छुट
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
प्रतिक्रिया