२९औँ वन्यजन्तु सप्ताह सौराहामा सुरु

भरतपुर (चितवन) । चितवनमा आजदेखि २९औँ वन्यजन्तु सप्ताह २०८१ सुरु भएको छ ।
हरेक वर्ष वन र वन्यजन्तु संरक्षणमा दीर्घकालीन प्रभाव पर्ने प्रकृतिका गतिविधि आयोजना गरी मनाइँदै आइएको सप्ताहमा यस वर्ष पनि विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।
सप्ताहको सौराहामा एक कार्यक्रमका बीच रत्ननगर नगरपालिका–५ का वडाध्यक्ष बालकृष्ण चापागाईँले उद्घाटन गरे। सो अवसरमा उनले वन्यजन्तु संरक्षणमा सबैले हातेमालो गर्दै अगाडि बढ्नुपर्ने आवश्यक रहेको बताए ।
उक्त सप्ताह कार्यक्रममा मृगकुन्ज मध्यवर्ती उपभोक्ता समितिको नेतृत्वमा निकुञ्जसहित २६ वटा सङ्घसंस्थाले सहकार्य गरेका छन । ‘वन्यजन्तुको संरक्षण स् पर्यापर्यटन र आयआर्जन’ भन्ने मूल नाराका साथ सुरु गरिएको सप्ताहमा वन्यजन्तु संरक्षण र जीविकोपार्जनलाई जोड दिइएको मृगकुञ्जका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताए ।
उनका अनुसार सप्ताहव्यापी कार्यक्रमअन्तर्गत भोलि टिकौली हाइबे वरपर सरसफाइ, वैशाख ३ गते चरा अवलोकन, ४ गते वन्यजन्तु संरक्षणमूलक विद्यालयस्तरीय चित्रकला प्रतियोगिता, सोही दिन वन्यजन्तु र मानिसबीचको सहअस्थित्वसम्बन्धी विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता, ५ गते डुङ्गा सयर, ६ गते वन, वन्यजन्तु र वातावरण संरक्षणमूलक सचेतना र्याली गरिने छ ।
सप्ताहको अन्तिम दिन वैशाख ७ गते वन, वन्यजन्तु तथा जैविक विविधता संरक्षणमा सम्भावना र चुनौती विषयक अन्तक्र्रियाका साथै वन्यजन्तु संरक्षणका क्षेत्रमा योगदान दिएकालाई विभिन्न विधामा सम्मान गरिने अध्यक्ष घिमिरेले जानकारी दिए ।
मृगकुञ्जको अगुवाइमा निकुञ्ज, स्थानीय सरकार, राष्ट्रिय प्रकृति संरक्षण कोषसहित सामुदायिक वन, सौराहाको पर्यटनसँग सम्बन्धित सङ्घसंस्थाको सहकार्य रहेको छ ।
















प्रतिनिधिसभा सदस्यका लागि तीन हजार ४०६ जना उम्मेदवार
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
राष्ट्र निर्माण एकल प्रयासबाट मात्रै सम्भव छैन : गृहमन्त्री
स्याङ्जामा चार जनाले लिए उम्मेदवारी फिर्ता
सिद्धार्थ बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटी ग्रुपमा १०% सम्मको छुट
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
प्रतिक्रिया