वान एक्स बेटमार्फत सट्टाबाजी गरेको आरोपमा तीन जना पक्राउ

काठमाडौं । वान एक्स बेटमार्फत सट्टाबाजी खेलाएको आरोपमा तीन जना पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तीन जनालाई सर्लाहीबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा सर्लाही मलंगवाका ३१ वर्षीय सञ्जयकुमार साह, १९ वर्षीय रामजी साह र ३० वर्षीय राकेश चौधरी रहेका छन्।
प्रहरीका अनुसार उनीहरूले विभिन्न मोबाइल नम्बरबाट २१ वटा कनेक्ट आइपिएसका खाता खोलेका थिए। जसमा ९८ वटा बैंक खाताहरू जोडिएका थिए।
उनीहरुले अहिलेसम्म ५७ करोड ४१ लाख ५७ हजार १४७ कारोबार गरेको देखिएको छ । यो समूहले सट्टेबाजी खेलाउनुका साथै क्रिप्टो करेन्सीको समेत कारोबार गरेको देखिएको प्रहरीको भनाइ छ ।
उनीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद-५ सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरूद्धको कसुर अन्तर्गत दफा १२५ जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरमा प्रहरीले अनुसन्धान अघि बढाएको छ।
उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया