नेपाल र साउदी अरबको खेल ८ ओभरको हुने

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत आज नेपाल र साउदी अरेबियाबीच खेल हुँदै छ । ओमानको अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमीको दोस्रो मैदानमा हुने यो खेल ८-८ ओभरको हुने भएको छ ।
यो खेल नेपाली समय अनुसार सवा २ बजेदेखि शुरु हुने भएको छ ।
गएराती ठुलो बर्षा भएकोले आज खेल हुने पिचमा क्षति पुगेको कारण समयमा खेल शुरु हुन नसकेको हो ।
नेपालले यसअघि नै लगातार तीन खेलमा जित हासिल गर्दै समुह ए मा ६ अंकसहित समुह बिजेता बनेर सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ । नेपालका लागि यस खेलको नतिजाले अब कुनै असर नगर्ने भएको छ ।
त्यस्तै साउदी अरेबियाले भने यस अघि खेलेका ३ खेलमा एक जितसहित २ अंक हासिल गरेर तेस्रो स्थानमा रहेको छ र साउदी अरेबियालाई यस खेलको जितले सेमिफाइनलमा लैजाने सम्भावना बढी देखिएको छ । साउदी अरेबियाको रनरेट राम्रो रहेकाले यस खेलको जितले सेमिफाइनलमा पुर्याउन सक्छ ।
















श्रम कानुन उल्लङ्घन गर्ने दुई प्रतिष्ठानको खाता रोक्का
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
सभामुख पदका लागि आज उम्मेदवारी दर्ता हुँदै
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
ठगीको अभियोगमा एक जना पक्राउ
प्रतिक्रिया