सार्वजनिक जग्गा खाली गर्न छिन्नमस्ता गाउँपालिकाको आग्रह

राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिकाले पालिका भित्र अतिक्रमण गरिएको सार्वजनिक जग्गा खाली गर्न आग्रह गरेको छ ।
पालिका अध्यक्ष विद्यानन्द चौधरीले एक सुचना जारी गर्दै ३५ दिन भित्र जग्गा खाली गर्न अनुरोध गरेका हुन् । ‘अतिक्रमण गरिएका सार्वाजानिक ऐलानी जग्गा, पर्ती, गौचर, पोखरी, पोखरीको डिलहरु र गाउँ टोलहरुमा कब्जा गरिएका बाटो घाटोहरु खाली गराउने गाउँ सभा तथा कार्यपालिकाको निर्णय भएको हुँदा उक्त निर्णय कार्यन्वयन गर्न÷गराउन आग्रह गरेका छौँ’, पालिका अध्यक्ष चौधरीले भने ।
‘२०८० साल फाल्गुन ९ गते नेपाल सरकार गृह मन्त्रालय बाट जारि गरिएको विज्ञप्तिले कसैको निजि हक दर्ता भोगचलनमा रहेको बाहेकको सार्वजानिक एवं सरकारी स्वामित्व रहेको ऐलानी, संधिसर्पण, गौचरण घाट आदि जग्गाहरु कानुन विपरित कसैले आफ्नो नाममा दर्ता गरेको वा खास उदेश्य वा प्रयोजनको लागी कुनै संस्थाको भोगचलन वा नियन्त्रणमा रहने गरी सुम्पेका वा जिम्मा दिएका सार्वजानिक र सरकारी जग्गाहरु बलजफ्ती अतिक्रमण वा कब्जा गरी निजि रुपमा दर्ता गरेको, दाखिला खारेज वा चलन चलाई हक हस्तान्तरण गरेको, लामो समय सम्म नियन्त्रण बाहिर रहने गरी लिजमा दिएको वा उदेश्य विपरीत निजि कायम गरी गराई दुरुपयोग गरेको पाईएमा त्यस्तो कार्य गर्ने व्यक्तिलाई कानुन बमोजिम कारबाही गरी पूर्ववत सरकारी, सार्वजानिक, संधिसर्पण ऐलानी आदि रुपमा कायम गर्ने प्रयोजनको लागी सो सम्बन्धि सत्य तथ्य सुचना सहितको विवरण संकलन गरी गृह मन्त्रालय पठाउन र त्यस्तो कार्य गर्ने उपर प्रचलित कानुन बमोजिम कारवाही प्रक्रिया अघि बढाउनका लागी सम्बन्धित स्थानीय तह सरोकारवाला निकाय संग समन्वय गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई समेत पत्राचार गरिएको हुँदा सो को समेत कार्यान्वयन गराउने गरी जग्गा खाली गराउने भएकोले यो सुचनाको ३५ (पैतीस) दिन भित्र खाली गरी सहयोग गरिदिनुहुन अनुरोध छ,’ जारी सुचनामा भनिएको छ ।
तोकिएको समय भित्र अतिक्रमण गरिएका जग्गाहरु खाली नगरिए कानुन बमोजिम कारबाही गर्ने अध्यक्ष चौधरीले जानकारी दिए ।
















मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
२१४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा
नुवाकोटको गल्छी–रसुवागढी सडक’का अतिक्रमण हटाउन सुरु
फलामखानीको थप अनुसन्धान गरिँदै
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
१७ अंकले घट्यो नेप्से
प्रतिक्रिया