भारतमा लोकसभा निर्वाचन आजबाट, पहिलो चरणमा १०२ सिटका लागि मतदान हुँदै

काठमाडौँ । भारतमा सात चरणमा हुने लोकसभा चुनावको पहिलो चरणको मतदान आज हुँदैछ । यस चरणमा २१ राज्य र केन्द्र शासित प्रदेशका १०२ सिटमा मतदान हुने भारतीय निर्वाचन आयोगले जनाएको छ ।
आज भारतका २१ राज्यसहित केन्द्र शासित प्रदेशका १०२ लोकसभा सिटका लागि मतदान हुँदैछ । सात चरणमा निर्वाचन हुने भए पनि पहिलो चरणमा १०२ सिटमा मतदान भएपछि कसको सरकार बन्ने भन्ने रूपरेखा तयार हुने भएको छ । १०२ लोकसभा सीटहरूमा कुल १६२५ उम्मेदवारहरूले आफ्नो भाग्य दाउँमा राखेका छन् ।
पहिलो चरणमा नरेन्द्र मोदीको मन्त्रिपरिषद्का आठ सदस्य, तीन पूर्व मुख्यमन्त्री र एक पूर्व राज्यपालको चुनावी भाग्य तय हुनेछ ।
पहिलो चरणमा अरुणाचल प्रदेश, असम, बिहार, छत्तीसगढ, मध्य प्रदेश, महाराष्ट्र, मणिपुर, मेघालय, मिजोरम, नागाल्याण्ड, राजस्थान, सिक्किम, तमिलनाडु, त्रिपुरा, उत्तर प्रदेश, उत्तराखण्ड, पश्चिम बंगाल, अण्डमान निकोबार, जम्मू कश्मीर , लक्षद्वीप, पुडुचेरीमा मतदान हुनेछ ।
पहिलो चरणमा उत्तर प्रदेशका आठ सिट, पश्चिम बंगालका तीन सिट, विहारको ४ सिट, जम्मु कश्मिरको एक सिट, मध्य प्रदेसको ६ सिट, महाराष्ट्रका पाँच सिट, असमको पाँच सिट, त्रिपुराको एक सिट, छत्तीसगढको एक सीट, राजस्थानका १२ सिट, मणिपुरमा दुई सिट, तमिलनाडुका सबै ३९ सिट, उत्तराखण्डमा पाँच सिट, अरुणाचल प्रदेशको दुई सीट, मेघालयको दुई सिट, मिजोरम, नागाल्याण्ड, पुडुचेरी र सिक्किमका एक एक सिटमा आज मतदान हुदै छ । अण्डमान र लक्षद्वीपको एक एक सिटमा पनि आज मतदान हुँदै छ ।
















राष्ट्र निर्माण एकल प्रयासबाट मात्रै सम्भव छैन : गृहमन्त्री
स्याङ्जामा चार जनाले लिए उम्मेदवारी फिर्ता
सिद्धार्थ बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटी ग्रुपमा १०% सम्मको छुट
इनड्राइभद्वारा ड्राइभर पार्टनर्सका लागि सुरक्षा तालिम सम्पन्न
प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फको डेढ करोड मतपत्र छपाइ सम्पन्न
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
प्रतिक्रिया