चेन्नई र लखनउका कप्तानलाई १२-१२ लाख जरीवाना

काठमाडौँ । जारी इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किंग्सका कप्तान रुतुराज गायकवाड र लखनउ सुपर जाइन्ट्सका कप्तान केएल राहुललाई भारतीय क्रिकेट कन्ट्रोल बोर्डले १२/१२ लाख भारु रुपैयाँ जरिवाना गरेको छ ।
आईपीएल अन्तर्गत शुक्रबार सम्पन्न लखनउ र चेन्नईबीचको खेलमा दुवै कप्तानले स्लो ओभर रेटका कारण जरिवाना पाएका हुन् । यस सिजन लखनऊ र चेन्नईको यो पहिलो गल्ती भएकोले आईपीएल आचार संहिता अनुसार न्यूनतम सजाय दिइएको बोर्डले जनाएको छ ।
स्लो ओभरका कारण यसअघि विभिन्न आइपिएल टिमका कप्तानलाई जरीवाना गरिएको छ । यस सिजनमा यसअघि मुम्बई इण्डियन्सका कप्तान हार्दिक पाण्डेयलाई गत बिहीबार पञ्जावविरुद्धको खेलमा स्लो ओभर रेटका कारण १२ लाख रुपैयाँ जरिवाना गरिएको थियो ।
त्यस्तै यस अघि राजस्थानविरुद्धको खेलमा कोलकाता नाइट राइडर्सका कप्तान श्रेयस अय्यरलाई १२ लाख रुपैयाँ जरिवाना गरिएको थियो । त्यस्तै गुजरात टाइटन्सविरुद्धको खेलमा राजस्थान रोयल्सका कप्तान सञ्जु सामसनलाई १२ लाख रुपैयाँ जरिवाना गरिएको थियो ।
यसअघि लगातार दुई खेलमा स्लो ओभर रेटिङ गरेको भन्दै दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तलाई २४ लाख भारु जरिवाना गरिएको थियो । कोलकाता नाइट राइडर्सविरुद्धको खेलमा स्लो ओभर रेटका कारण पन्तलाई सो जरिवाना गरिएको थियो । सो खेलमा पन्त बाहेक दिल्ली क्यापिटल्सका इम्प्याक्ट प्लेयरसहित प्लेइङ–११ मा सहभागी खेलाडीलाई म्याच शुल्कको २५ प्रतिशत जरिवाना पनि लगाइएको थियो । पन्त यस अघि चेन्नईविरुद्धको खेलमा पनि स्लो ओभर रेटका कारण १२ लाख जरिवानामा परेका थिए
त्यसैगरी यस सिजनमा सिजनको सातौं खेलमा चेन्नईविरुद्धको खेलमा स्लो ओभर रेटका कारण गुजरात टाइटन्सका कप्तान शुभमन गिललाई पनि १२ लाख जरिवाना गरिएको थियो ।














२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
नेपाल एसबीआई बैंक लुटपाट आरोपमा सात जना पक्राउ, घरधनीनै मुख्य योजनाकार
अस्ट्रेलियामा बालबालिका खातामा कडाइ
गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
हाफ म्याराथनको उपाधि गुरुङलाई
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आज ताेलाकाे कति ?
प्रतिक्रिया