ओमानलाई हराउदै युएई एशिया कपमा छनौट
मेरोन्यूज
२०८१ वैशाख ९ गते १९:५९

काठमाडौँ । युएई २०२५ को टी-२० एशिया कपमा छनौट भएको छ । एसीसी प्रिमियर कपको फाइनलमा आयोजक ओमानलाई ५५ रनले पराजित गर्दै युएई एशिया कपका लागि छनौट भएको हो ।
युएईले दिएको २०५ रनको लक्ष्य पछाएको ओमान २० ओभरमा ९ विकेट गुमाउदै १४८ रन मात्र बनाएको थियो ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको युएईले कप्तान मुहमद वासीमको शतकको मद्धतले २० ओभरमा ४ विकेट गुमाउदै २०४ रन बनाएको थियो ।
एसीसी प्रिमियर कपको उपाधि जितेको युएईले अब एशिया कप खेल्ने छ । त्यस्तै युएईसहित उपविजेता ओमान र तेस्रो भएको हङकङले इमर्जिङ टिम्स एशिया कप खेल्ने छन् । यस प्रतियोगितामा सेमिफाइनलमा युएईसँग पराजित भएको नेपाल तेस्रो स्थानको लागि भएको खेलमा हङकङसँग पनि पराजित भएको थियो ।
सम्बन्धित












घरको छतबाट खसेर वृद्धाकाे मृत्यु
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’
हाफ म्याराथनको उपाधि गुरुङलाई
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
प्रतिक्रिया