पूर्वराष्ट्रपति भण्डारी ‘राष्ट्रिय गौरव’ पदकबाट सम्मानित
मेरोन्यूज
२०८१ वैशाख १० गते १३:४०

काठमाडौं । नेकपा एमालेले पार्टीको हिरक जयन्ती महोत्सवमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रिय गौरव पदकबाट सम्मान गरेको छ ।
ललितपुरको गोदावरीमा नेकपा स्थापनाको हीरक महोत्सवको विशेष कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले पुर्वराष्ट्रपति भण्डारीलाई राष्ट्रिय गौरव पदकबाट सम्मान गरेका हुन् ।
आइतबार समापन भएको एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदको बैठकले भण्डारीलाई राष्ट्रिय गौरव पदकबाट सम्मान गर्ने निर्णय गरेको थियो ।
पूर्वराष्ट्रपति भण्डारीले लोकतान्त्रिक आन्दोलनमा, कम्युनिष्ट आन्दोलनमा पुर्याएको योगदानर राष्ट्रिय स्वाभिमानको रक्षाका लागि अडान लिएका व्यक्तिहरुलाई सम्मान गर्ने घोषित योजनाअनुसार पूर्वराष्ट्रपति भण्डारीलाई सम्मान गरेको एमालेले जनाएको छ ।
सम्बन्धित
















राष्ट्र सेवामा सशस्त्र प्रहरी बलको २५ वर्षे गौरवपूर्ण यात्रा
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
एउटै पालिकाबाट छ जना उम्मेदवारः महिला शून्य
श्रीपञ्चमी : मिथिलामा कृषि नववर्ष उत्सवको परम्परा
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
सुदूरपश्चिममा १६ निर्वाचन क्षेत्रका लागि २१० जनाको उम्मेदवारी
प्रतिक्रिया