लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ
मेरोन्यूज
२०८१ वैशाख ११ गते १२:१८

भद्रपुर (झापा) । प्रहरीले लागुऔषध ब्राउन सुगरसहित २० वर्षीय विनोद तामाङलाई पक्राउ गरेको छ ।
भारततर्फबाट पैदल आउँदै गर्दा मेचीनगर नगरपालिका वडा नंं ६ स्थित मेचीपुलमा जाँचका क्रममा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय झापाका सूचना अधिकारी कृष्णकुमार चन्दले जानकारी दिए ।
धादिङ जिल्ला खन्याबास गाउँपालिका–५ बस्ने तामाङको साथबाट ४३।१५ ग्राम ब्राउनसुगर फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सोमबार साँझ मेचीपुलमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाको प्रहरी टोली र सशस्त्र प्रहरीको संयु्क्त टोलीले जाँचका क्रममा उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा इलाका प्रहरी कार्यालय काँकरभिट्टामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पछिल्लो समय झापाका विभिन्न नाकाबाट लागुऔषधसहित युवा पक्राउ पर्दै आएका छन् ।
सम्बन्धित









प्रहरी प्रधान कार्यालयका प्रहरी परिचर मृत फेला
नख्खु कारागारबाट भागेका बलात्कार मुद्दाका कैदी मोरङमा पक्राउ
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
प्रतिक्रिया