नेपालगञ्जमा हनुमान जन्मोत्सव महोत्सव सम्पन्न

नेपालगञ्ज। बाँकेको नेपालगञ्ज उमहानगरपालिका–२ स्थित हनुमानगढीमा आयोजित तीनदिने महोत्सव सम्पन्न भएको छ ।
हनुमान जन्मोत्सवका अवसरमा आइतबारदेखि सुरू भएको महोत्सव आज झाँकीसहित निकालिएको शोभायात्रापछि भण्डारा तथा प्रसाद ग्रहण गरेसँगै सम्पन्न भएको मन्दिर सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सुदीप भट्टराईले जानकारी दिए । शोभायात्रामा नेपाल र भारतका सयौँ श्रद्धालु तथा सन्तमहन्थको सहभागिता रहेको थियो ।
यसअघि सोमबार अखण्ड रामायण पाठ, अष्टयाम सङ्कीर्तन एवं निशान पूजनका साथै भारतको अयोध्याबाट आएका कलाकारहरूले विशेष झाँकी, श्रीराम भजन, ताण्डव नृत्यलगायतका कार्यक्रम गरिएका हनुमानगढीका थानापती महन्त उमेश गिरी बताए ।
उनका अनुसार हनुमानगढीमा विराट हनुमानजीको सालिक निर्माणाधीन अवस्थामा रहेको छ भने अन्य भौतिक संरचनाको विकास भएमा श्रद्धालुहरूको आकर्षण थप बढ्नेछ ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
थापाथलीको सुकुमवासी बस्तीमा चल्यो डोजर, सामान सार्न सघाउँदै प्रहरी
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
प्रतिक्रिया