गाउँपालिकामा कार्यालय प्रमुख नहुँदा सेवाग्राही मर्कामा

धुलिखेल । काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–६ देवीटारस्थित इलाका प्रशासन कार्यालय दुई महिनाभन्दा बढी समयदेखि प्रमुखविहीन हुँदा सेवाग्राही मर्कामा परेका छन् । आफ्नै गाउँबाट प्रशासनिक सेवा प्रदान गर्ने उद्देश्यले देवीटारमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको थियो ।
लामो समय कार्यालय प्रमुखविहीन हुँदा नागरिकता बनाउन, प्रतिलिपि लिने र राहदानी फारम भर्नबाट नागरिक वञ्चित भएका छन् । वडाबाट सिफारिस लिएर जाने सेवाहीग्राहीले इलाका प्रशासन कार्यालय प्रमुखविहीन भएपछि सेवाबाट वञ्चित भएको गुनासो गर्ने गरेका गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले बताए । “सेवा ठप्प भएपछि नागरिकको धेरै गुनासो खेप्नुपरेको छ,” उनले भने ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले यसअघि पनि कार्यालय प्रमुख नभएको अवस्था भएपछि आफ्नै पहलमा गृह मन्त्रालयमा ताकेता गर्दा अधिकृतको व्यवस्था गरिएको बताए । कार्यालय प्रमुखविहीन रहेको बारे मन्त्रालयलाई जानकारी गराइएको उनले बताए ।
आठ जनाको दरबन्दी रहेको सो कार्यालयमा हाल एक नायब सुब्बा, एक कम्प्युटर अपरेटर र दुई कार्यालय सहयोगी मात्र कार्यरत छन् । नागरिकलाई सहज रुपमा सेवा प्रदान गर्न महाभारत–६ मा २०७५ जेठ १० गते कार्यालय स्थापना गरिएको हो ।
















यही माघ १० देखि काठमाडौँ महानगरले सहिद सप्ताह सुरु गर्ने
चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् :चन्द्रप्रसाद ढकाल
स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा पौडेल
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया