गाउँपालिकामा कार्यालय प्रमुख नहुँदा सेवाग्राही मर्कामा

धुलिखेल । काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–६ देवीटारस्थित इलाका प्रशासन कार्यालय दुई महिनाभन्दा बढी समयदेखि प्रमुखविहीन हुँदा सेवाग्राही मर्कामा परेका छन् । आफ्नै गाउँबाट प्रशासनिक सेवा प्रदान गर्ने उद्देश्यले देवीटारमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको थियो ।
लामो समय कार्यालय प्रमुखविहीन हुँदा नागरिकता बनाउन, प्रतिलिपि लिने र राहदानी फारम भर्नबाट नागरिक वञ्चित भएका छन् । वडाबाट सिफारिस लिएर जाने सेवाहीग्राहीले इलाका प्रशासन कार्यालय प्रमुखविहीन भएपछि सेवाबाट वञ्चित भएको गुनासो गर्ने गरेका गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले बताए । “सेवा ठप्प भएपछि नागरिकको धेरै गुनासो खेप्नुपरेको छ,” उनले भने ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले यसअघि पनि कार्यालय प्रमुख नभएको अवस्था भएपछि आफ्नै पहलमा गृह मन्त्रालयमा ताकेता गर्दा अधिकृतको व्यवस्था गरिएको बताए । कार्यालय प्रमुखविहीन रहेको बारे मन्त्रालयलाई जानकारी गराइएको उनले बताए ।
आठ जनाको दरबन्दी रहेको सो कार्यालयमा हाल एक नायब सुब्बा, एक कम्प्युटर अपरेटर र दुई कार्यालय सहयोगी मात्र कार्यरत छन् । नागरिकलाई सहज रुपमा सेवा प्रदान गर्न महाभारत–६ मा २०७५ जेठ १० गते कार्यालय स्थापना गरिएको हो ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
थापाथलीको सुकुमवासी बस्तीमा चल्यो डोजर, सामान सार्न सघाउँदै प्रहरी
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
प्रतिक्रिया