शिक्षामन्त्री श्रेष्ठको आग्रह-शिक्षालयलाई दलीय राजनीतिको चपेटाबाट बाहिर निकालौं

काठमाडौँ । शिक्षामन्त्री सुमना श्रेष्ठले शिक्षालयलाई दलीय राजनीतिको चपेटाबाट बाहिर निकाल्न आग्रह गरेकी छन् ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै मन्त्री श्रेष्ठले शिक्षकलाई दलीय राजनीतिमा प्रयोग गर्नु शिक्षकको गरिमाको दुरूपयोग भएको बताएकी हुन् ।
उनले भनेकी छन्-
साथीहरू पनि दलीय शिक्षक संगठन र शिक्षकहरू राजनीतिक दलमा रहने अवस्थाको अन्त्य हुनु पर्छ भन्नेमा थाहा पाएर खुसी लाग्यो । हामीहरू सबै सहमत छौँ भने पछि यसमा विवाद हुनु पर्ने जस्तो केहि पनि नहुनु पर्ने हो । बरू राजनीतिक दलहरूले शिक्षालयमा बनाएका शिक्षकका दलीय संगठन र शिक्षकहरूको आफ्नो पार्टीमा भएको सदस्यता खारेज गरियो भन्ने आधिकारिक विज्ञप्ति आउनु पर्ने हो ।
माछा देख्दा दुलोभित्र हात, सर्प देख्दा दुलो बाहिर हात गर्ने दलहरूको चरित्र थाहा पाएर शिक्षकहरू स्वयमले पनि दलबाट स्वतन्त्रता खोज्नु पर्ने हो । दलीय शिक्षक संगठन खारेज हुनु पर्छ भन्ने मत हुँदाहुँदै पनि खारेज नहुनुको कारण राजनीतिक स्वार्थ र कहिलेसम्म उपयोग गर्ने भन्ने भन्दा अरू के होला र ?
अनुरोध गर्छु, शिक्षकलाई दलीय राजनीतिमा प्रयोग गर्नु शिक्षकको गरिमाको दुरूपयोग हो । शिक्षकको आदर्श र महत्वको प्रदुषण हो । शिक्षकहरूको सरुवा, बढुवा र समग्र वृत्तिविकासको लागि राजनैतिक दलको झण्डा बोक्नै पर्ने अवस्था छ भन्ने गुनासो सुनेको छु । त्यसको लागि पारदर्शी प्रकृया तोकौं, मेरिटको आधारमा गरौं, दलको अघि शीर झुकाउनु पर्ने नबनाऔँ । शिक्षकहरूलाई सम्मानपूर्वक आफ्नो काम गर्न दिउँ । सबै शिक्षालयलाई दलीय राजनीतिको चपेटाबाट बाहिर निकालौँ । विश्वास छ, यति प्रष्टरूपमा दलका शिक्षक संगठन चाहिदैन भन्ने साथीहरूले यो अभियानमा सहयोग गर्नुहुनेछ ।
















टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया