सहसचिव पदको लिखित परीक्षाको नतिजा सार्वजनिक
मेरोन्यूज
२०८१ वैशाख १३ गते २०:४१

काठमाडौं । लोकसेवा आयोगले सहसचिव पदका लागि लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
आयोगले आज (बिहीबार) सहसचिवको लिखित परीक्षाको नतिजा सार्वजनिक गर्दै उत्तीर्णहरुलाई अन्तरवार्तामा बोलाएको छ ।
आयोगका अनुसार २ जना सहसचिवका लागि प्रशासनतर्फ खुलामा ४, एक जना महिला कोटाको सहसचिवका लागि ४ र एक जना मधेशीतर्फको सहसचिवको लिखित परीक्षामा ३ जना पास भएका छन् । प्रशासनतर्फ सहसचिवका लागि लिखितमा १ हजार २५ जना सहभागी थिए ।
यस्तै न्याय सेवा, कानून समूहको खुलातर्फ एक जना सहसचिवको लिखित परीक्षामा ३ जना उत्तीर्ण भएका छन् । यो परीक्षमाा ९४ जना सहभागी भएका थिए । यसैगरी लेखापरीक्षण सेवाको मधेशीतर्फ एक जना सहसचिवको लिखित परीक्षामा ६ जना उत्तीर्ण भएका छन् । यो परीक्षामा १८ जवना सहभागी थिए ।
हेर्नुस् नतिजा



सम्बन्धित
प्रतिक्रिया