शिक्षक सेवा आयोगले माग्यो प्राथमिक तहका लागि ४ हजार ४६२ जना शिक्षक
मेरोन्यूज
२०८१ वैशाख १५ गते १०:३१

काठमाडौं । प्राथमिक तह तृतीय श्रेणीका चार हजार ४६२ शिक्षकको लागि विज्ञापन खुलेको छ ।
आयोगले आज (शनिबार) सूचना जारी गर्दै विभिन्न समूहमा सातै प्रदेशका लागि प्राथमिक तह तृतीय श्रेणीका लागि चार हजार चार सय ६२ शिक्षक माग गरेको हो।
खुला, महिला, दलित महिला, मुस्लिम महिला, आदिवासी जनजाति, दलित, अपाङ्गता, पिछडिएको क्षेत्र र मधेशी, आदिवासी जनजाति, दलित, पिछडा वर्ग वा अल्पसङ्ख्यक समुदायका लागि विज्ञापन खुला गरिएको आयोगले जारी गरेको सूचनामा उल्लेख छ।
बागमती प्रदेशमा एक हजार १०३, कोशीमा एक हजार ७७, गण्डकीमा ८००, मधेशमा ५०८, लुम्बिनीमा ४९५, सुदूरपश्चिममा ३०२ र कर्णालीमा १७७ जना नयाँ शिक्षक नियुक्तिका लागि आवेदन खुला गरिएको हो।
योग्यता पुगेका इच्छुक व्यक्तिले https://online.tsc.gov.np बाट जेठ १३ गतेसम्म आवेदन दिन सकिन सूचनामा उल्लेख छ।







सम्बन्धित










भक्तपुर अस्पताल प्रदेशकै उत्कृष्ट घोषणा
पाकिस्तानी सेनाको कारबाहीमा ३० विद्रोही लडाकूको मृत्यु
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
बङ्गलादेशमा कामचलाउ सरकार प्रणाली पुनःस्थापित
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
मध्यरातमा भक्तपुरस्थित निवासबाटै पक्राउ परे दुर्गा प्रसाईं
प्रतिक्रिया