बझाङमा दुई वडाकाे मतगणना सकिँदा एमाले दोब्बर मतले अगाडि
मेरोन्यूज
२०८१ वैशाख १६ गते १६:२४

चैनपुर । बझाङ–१ (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत हाल दुई वडाको मतगणना सम्पन्न भएको छ ।
जिल्लाको छबिसपाथिभेरा गाउँपालिकाको वडा न १ र २ को मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्राप्त परिणाम अनुसार १६९२ मतगणना हुँदा एमालेका दमनबहादुर भण्डारीले ७५७ मत पाएका छन् । नेपाली कांग्रेसका अभिषेक सिंहले ३८० मत प्राप्त गरेका छन् । भण्डारी ३७७ मतले अघि छन् ।
यस्तै नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जनकबहादुर बुढाले २२६, नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले ११५ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का किशोर खड्काको ९ मतप्राप्त गरेका छन् । यस्तै २८ मत भने बदर भएका छन् ।
सम्बन्धित
















पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
आजदेखि संसद् अधिवेशन
आजदेखि एसइई परीक्षा
आज हनुमान जन्मजयन्ती मनाइँदै
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
प्रतिक्रिया